Comments Add Comment

अष्ट्रेलियाबाट फर्कदा ३ केजी मोटाइन् दीपा, तर आएन भोलि

deepa
नेपालीलाई भोलिवादले छोएको त सबैलाई थाहा छ । हरेक ठाउँमा भोलिवाद लागू हुँदा देशको विकास नभएको भनिन्छ । तर, भोलिवादको बोलीमा नेपाली कलाकार पनि अल्झिएका छन् ।

कलाकार दीपाश्री निरौला अष्ट्रेलियामा करिब एक महिना बसेर फर्किइन् । एक महिना अष्ट्रेलियामा बस्दा खुबै रमाइलो भएको उनको भनाई छ । तर, अष्ट्रेलियाको बसाइले उनलाई पिरलो पनि थपिदिएको छ ।

कारण, अष्ट्रेलियामा बस्दा उनको मोटाउँदै गएको शरीर झनै मोटाएको छ । दीपा आफू ३ केजी मोटाएर फर्किएको बताउँदै  चिन्ता व्यक्त गरिरहेकी थिइन् । एक कार्यक्रममा भेट भएकी कलाकार दीपाले अष्ट्रेलियामा बस्दा ३ केजी तौल बढेकाले चिन्ता पनि बढेको सुनाइन् । उनले फेरि थपिन्-‘अब भोलिदेखि व्यायम जान्छु ।’

तर, दीपाले व्यायम जान्छु भनेको यो पहिलो पटक भने होइन । हरेक दिन मोटाइयो भन्दै चिन्ता गर्ने अनी व्यायम जाने कुरालाई भोली भोलि भनेर पछि सार्ने दीपाको त पुरानै बानी हो ।

४० बर्षकी दीपालाई मोटाएकोमा पिर त छ, तर तौल घटाउने कसरी भन्ने तनाव पनि छ । कलाकारहरु आफूलाई मेन्टेन गर्न लागिपर्छन् । दीपाले पनि व्यायममा लागिपर्ने हो भने पक्कै तौल घट्ला । तर, उनको भोलि कहिले आउने हो, उनलाई पनि थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment