Comments Add Comment

सुर्तीका बट्टामा ९० प्रतिशत सन्देशमूलक चित्र छापिने

१९ चैत, काठमाडौं । सरकारलाई आगामी १ जेठबाट सुर्तीजन्य पदार्थको प्योटमा ९० प्रतिशत चेतावनीमूलक सन्देश छाप्ने निर्णय कार्यान्वयन गर्न सरोकारवालाहरुले साथ दिने भएका छन् ।

no smokingस्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालको सोमबार र मंगलबार राजधानीमा सम्पन्न दुईदिने राष्ट्रिय भेलाले निर्णय कार्यान्वयनमा सघाउने निर्णय गरेको हो ।

विश्वमा ६० प्रतिशतभन्दा बढीको मृत्यु नसर्ने रोगबाट भइरहेको र यसको न्यूनीकरणको उपाय सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउनु नै रहेको भन्दै भेलाले त्इसका लागि सुर्तीजन्य पदार्थको प्याकेटमा थप गरिएको चित्रात्मक सन्देशको कार्यान्वयन महत्वपूर्ण हुने निष्कर्ष निकालेको नयाँ पत्रिकामा खबर छ ।

भेलाले भारत तथा अन्य मुलुकबाट अनधिकृत रुपमा आयात भई बिक्री भइरहेको गैरकानुनी सुर्तीजन्य वस्तुलाई समयमै रोकथाम गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन गर्नसमेत भेलाले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment