+
+
Shares

समाचार प्रभावः उपचारपछि घर फर्किए रुपेन्द्र

२३ चैत, नेपालगन्ज । गत फागुन २९ गते घाँस काट्दै गर्दा भीरबाट खसेर गम्भीर घाइते भएका जाजरकोट खलंगा-८ मैदेका १२ वर्षीय रुपेन्द्र राना उपचारपछि घर फर्केका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २३ गते १२:२८

आरपी सुवेदी

२३ चैत, नेपालगन्ज । गत फागुन २९ गते घाँस काट्दै गर्दा भीरबाट खसेर गम्भीर घाइते भएका जाजरकोट खलंगा-८ मैदेका १२ वर्षीय रुपेन्द्र राना उपचारपछि घर फर्केका छन् ।

गम्भीर अवस्थामा उपचारको लागि नेपालगन्ज ल्याईए पनि आर्थिक अभावको कारण गत चैत्र ६ गते नै अभिभावकले अचेत अवस्थामा घर लैजान थालेका थिए ।

nepalgunjनेपालगन्ज बसपार्कमा भेरी बस व्यवसायी समितिका कर्मचारी लक्ष्मण केसीले गम्भीर अवस्थाका रुपेन्द्रलाई पुन उपचारको लागि पहल गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखक र पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले उनको उपचारको लागि पहल गरेका थिए ।

प्रजिअ लेखकको आग्रहमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले रुपेन्द्रको उपचारको लागि आवश्यक अस्पतालको सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराएको थियो । औषधी तथा कुरुवाको लागि खानको व्यवस्था विभिन्न व्यक्ति तथा संघसंस्थाहरुबाट जुटाईएको थियो ।

अनलाईनखबरमा ‘नेपालगन्ज बसपार्कमा यस्तो देखियो’ भन्ने समाचार प्रकाशन भएपछि उनको उपचारको लागि सहयोग जुट्न सुरु भएको हो । उनको उपचार सो अस्पतालका न्यूरो सर्जन डा. सञ्जिव झाले गरेका थिए ।
उनको उपचारको लागि सहयोग जुटाउने क्रममा सिविन बाल हेल्पलाईन नेपालगन्जले विरामीका कुरुवाहरुको खानाको व्यवस्था गरिदिएको छ ।

यसैगरी महिला तथा बालबालिका कार्यालय बाँकेले उपाचारको लागि सहयोग ५ हजार नगद यसअघि नै उनका अभिभावकलाई हस्तान्तरण गरि सकेको छ । भेरी अञ्चल अस्पतालका अध्यक्ष समेत रहेका डा. बद्री चापागाईको पहलमा जम्मा भएको १० हजार र हाल ग्राण्डी ईन्टरनेशनल अस्पताल कठमाण्डौमा कार्यरत मुटुरोग विशेषज्ञ डा. मीलन प्रकाश श्रेष्ठले ८ हजार तथा विभिन्न व्यक्तिहरुबाट महिला तथा बालबालिका कार्यालय बाँकेका घटना शाह मार्फत ९ हजार ८ सय ५० रुपेन्द्रका अभिभावकलाई बुझाईएको थियो ।

घर नजिकैको भीरबाट खस्दा उनको टाउकोमा गम्भीर चोट लागेर घाइते अवस्थामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुर्‍याईएको उनको उपचारमा आर्थिक अभाव भएकोले गत ६ गते शुक्रबार बिहान अस्पतालबाट वेहोस अवस्थामा नै घर लैजाने भन्दै अस्पतालबाट बसपार्क पुगेका रुपेन्द्रलाई पुनः अस्पताल पुर्‍याई उपचार सुचारु गरिएको थियो ।

बेहोस अवस्थामा नेपालगन्ज बसपार्क पुर्‍याईएका घाइते रुपेन्द्रको उपचारको लागि भेरी बस समितिका कर्मचारी लक्ष्मण केसीको पहलमा बसपार्कमा करिव ७ हजार नगद रकम जम्मा भएको थियो । केसीले नै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीलाई खवर गरी सहयोग जुटाउनुको साथै विरामीलाई पुनः अस्पताल पठाउन भूमिका खेलेका थिए ।

नेपालगन्ज बसपार्कमा सहयोगको याचना गरेका विरामी रुपेन्द्रका बुवा हरजीत रानासँग जाजरकोट जानको लागि आवश्यक पर्ने गाडी भाडासमेत थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?