Comments Add Comment

लिबिया तटमा डुंगा डुब्दा ४ सय प्रवासी बेपत्ता

libya२ वैशाख, काठमाडाै । लिबिया तटमा एक डुंगा डुब्दा झण्डै ४ सय प्रवासी नागरिक बेपत्ता भएको आशंका गरिएको छ । लिबियाबाट इटली तर्फ गइरहेको डुंगा मंगलवार लिबियाको सामुन्द्रिक तटमा डुबेको हो ।

उक्त दुर्घटनाबाट बचेका एक जनाले घटनाबारे जानकारी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त डुंगामा करिब ५५० जना प्रवासी नागरिक सवार थिए । लिबिया तटबाट छुटेको करिब २४ घण्टापछि उक्त डुंगा पल्टिएको हो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्डे्रनका अनुसार उक्त दुर्घटनामा परी करिब १५० प्रवासी नागरिक दुर्घट्नाबाट बचेका छन् । दुर्घट्नाबाट उद्दार गरिएका नागरिकलाई दक्षिणी इटलीको तटमा ल्याइएको छ । यूरोपीय संघका अनुसार शुक्रवारसम्म भूमध्यसागरबाट जाने ७ हजार बढी पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment