Comments Add Comment

थापाको जन्म दिनमा भजन गाउन पाइँन : कोमल ओली

komal-oli
गएको माघ २० गते भएको भेट नै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापासँग अन्तिम भेट भयो मेरा लागि । भेट नभएको धेरै भएकाले भेटघाट गर्नकै लागि म उहाकै निवास मालीगाउँ गएकी थिएँ ।

कुराकानीका क्रममा उहाँले जन्म दिनलाई सांगीतिक बनाउने कुरा गर्नु भयो । मैले केही भजनहरु गाउँने कुरा गरें । तर, उहाँको जन्मदिनमा म कार्यक्रमका लागि अष्टे्रलिया जानुपर्ने भयो । मैले फोन गरेर शुभकामना दिएँ । तर, उहाँको दीर्घायुको कामना गर्दै गाउन पाइँन ।

मेरो बुझाइमा उहाँ एउटा कुशल राजनीतिज्ञ हुनुहुन्थ्यो । नेपाली राजनीतीमा जुन-जुन हथकण्डा अपनाउनुपर्छ, ती विषयमा उहाँ पोख्त हुनुहुन्थ्यो ।

म उहाँको ब्यक्तित्वबाट असाध्यै प्रभावित छु । राज खान्दानपछि ब्यक्तित्व झल्किने उहाँकै हो । अर्को महत्वपूर्ण कुरो, उहाँले कहिल्यै दुईवटा चरित्र देखाउनुभएन । उहाँ जे बोल्नुहुन्थ्यो, त्यो पूरा गरेर छाड्नुहुन्थ्यो ।

मलाई लाग्छ, नेपालको राजनीतिक दल र दरबारलाई सन्तुलनमा राखेर काम गर्न सक्ने नेता उहाँ नै हो । र, उहाँले जे काम गर्नुहुन्थ्यो पूरा गरेर छाड्नुहुन्थ्यो । यदि उहाँको संलग्नता नभएको भए ०३६ सालमा भएको निर्वाचनमा पञ्चायतले हार्न पनि सक्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment