Comments Add Comment

घर फर्कन खोज्दा दुई नेपालीको जेलको बास

५ वैशाख, साउदी अरब । धन कमाउन साउदी अरब आएका दुई नेपाली सम्झौता अवधि सकिएपछि घर फर्कन खोज्दा जेल परेका छन् ।
मकवानपुर, गढी-८ का विष्णुलाल लामा र सुनसरी, इनरुवा- ८ का सइम मन्सुरीलाई साउदी प्रहरीले गत चैत २२ गते गैरकानूनी बसोबास गरेको आरोपमा पक्राउ गरेर मदिनास्थित पुलिस हेडक्वाटर चलान गरेको नागरिक दैनिकमा खबर छ ।
jail
लामा र मन्सुरीका अनुसार दुई वर्षअघि म्यानपावर कम्पनी आरपी इन्टरनेशलन र पर्फेक्ट कनेक्सन इम्प्लोइमेन्ट मार्फत उनीहरु साउदी अरब आएका थिए ।

अल सबा एन कन्स्ट्रक्सन कम्पनीमा काम गर्न आएका उनीहरु कपिल फहद मातहत काम गर्दै आएका थिए । उनीहरुलाई कानून अनुसार काम र आवासीय अनुमति उपलब्ध नगराई कपिलले काममा लगाएका थिए । यस सम्बन्धमा कपिल र सम्बन्धित म्यानपावर कम्पनीलाई पटक-पटक जानकारी गराउँदा पनि उनीहरुले चासो दिएनन् । सम्झौता अवधि सकिएपछि लामा र मन्सुरी जेद्धास्थित नेपाली कन्सुलेटको कार्यालयमा शरण लिएका थिए ।

पीडितका आफन्तले उनीहरुको उद्धार गर्न माग गर्दै गत फागुन २९ गते श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । त्यहाँबाट सुनुवाइ नभएपछि चैत ९ गते वैदेशिक रोजगार विभागमा उजुरी गरे ।

कार्यवाहक काउन्सुलर सुधिर भट्टराईले उनीहरुलाई नेपाल फर्काउने आश्वासन दिएकामा कम्पनीले पासपोर्ट र एक्जिट भिसा दिनुको सट्टा उल्टै पुलिस बोलाएर पक्रिएको थियो । प्रहरीले उनीहरुलाई जेद्धाबाट मदिनास्थित जेल चलान गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment