Comments Add Comment

६ प्रदेशमा सहमति भएको वनमन्त्रीको दाबी

५ वैशाख, बिराटनगर । वनमन्त्री महेश आचार्यले सहमतिबाटै संविधान बनाउने वातावरण वन्दै गएको बताएका छन् ।

mahesh acharyaलायन्स क्लबको राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै वनमन्त्री आचार्यले ६ प्रदेश बनाउन एमाओवादी र मधेसवादी दलहरु सहमत भएको दाबी गरे ।

नामांकन र सीमाकंनमा पनि दलहरु सहमति नजिक पुगेको भन्दै उनले अन्य विषय पनि चाँडै टुंगो लाग्ने बताए ।

कांग्रेस नेता समेत रहेका मन्त्री आचार्यले कांग्रेसको महाधिवेशनले संविधान निमार्णमा असर नपर्ने भन्दै नेपाली जनताले छिट्टै संविधान पाउने दाबी गरे ।

कार्यक्रममा सामान्य प्रसासन मन्त्री लालवावु पण्डितले तेस्रो संविधानसभाको कल्पना पनि गर्न नसकिने बताए ।

लायन्स क्लबको राष्ट्रिय महाधिवेशनमा देशभरबाट ८ सय प्रतिनिधि सहभागी छन । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment