Comments Add Comment

बोर्डिङ सञ्चालकका छोराछोरी कहाँ पढ्छन् ?

६ वैशाख, काठमाडौ । सरकारी विद्यालयका शिक्षकले निजी विद्यालयमा छोराछोरीलाई पढाउने गरेको नौलो होइन । तर, निजी विद्यालयकै सञ्चालकहरुले आफ्ना सन्तानलाई आफूले खोलेको बोर्डिङ स्कुलमा पढाउँदैनन् भन्ने सुन्दाचाँहि धेरैलाई उदेक लाग्न सक्छ  ।

बबरमहलस्थित धोबीखोला किनारमा रहेको सिर्जनशील सेकण्डरी इङ्लिस स्कुलमा ६ सयभन्दा बढी विद्यार्थी छन् । अंग्रेजी माध्यमबाट अध्यापन गरिने र बेलाबेलामा विदेशी सहयोगसमेत प्राप्त गर्दै आएको यो स्कुलका सञ्चालकले आफ्ना सन्तानलाई भने नजिकैको अर्को महंगो स्कुलमा पढाएका छन् ।

निजी विद्यालयहरुको क, ख, ग देखि विशिष्ट श्रेणीमा वर्गीकरण गरिएका छन् । निजी विद्यालयहरुको वर्गीकरणमा सिर्जनशील स्कुल ख वर्गमा रहेको विद्यालयकी पि्रन्सिपल सीता गौतम बताउँछिन् ।

परिवारले धानेको स्कुल

sreejansil-school

मध्यम वर्गलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सिर्जनशील स्कुलका प्रिन्सिपलदेखि अधिकांश शिक्षक परिवारकै सदस्य छन् । सीता गौतम विद्यालयको प्रिन्सिपल छिन् । उनी परिवारको सबैभन्दा जेष्ठ सदस्य पनि हुन् । विद्यालयका फाउण्डर गणेश गौतमको मृत्यु पछि सीता विद्यालयको प्रिन्सिपल भएकी हुन् ।

सीताकै छोरा विशाल गौतम विद्यालयको भाइस प्रिन्सिपल छन् भने बुहारी प्रतिभा गौतम अकाउन्ट अफिसर हुन् । सीताकी छोरी लुना आचार्य विद्यालयको निर्देशक छिन् भने ज्वाइँ राजन आचार्य एकेडेमिक एड्भाइजर छन् ।

विद्यालयका केही शिक्षकबाहेक अधिकांश शिक्षकहरु एउटै परिवार भित्रका छन् भने विद्यालय अध्यक्ष पनि सोही परिवारकै चूडामणि गौतम हुन् ।

तर, सपरिवारले खोलेको यो स्कुलमा सञ्चालकका नाति-नातिना पढ्दैनन् । अरुका छोराछोरी पढाउने गौतम परिवारले आफ्ना सन्तानलाई भने ओलम्पिया स्कुलमा भर्ना गरेका छन् । पि्रन्सिपल सीताकी नातिनीले यसैवर्ष ओलम्पिया स्कुलबाट एसएलसी दिएकी छन् ।

अरुका छोराछोरीलाई पढाउनेहरुले आफ्नै छोराछोरीलाई किन अन्यत्र पढाएको त भन्ने जिज्ञासामा प्रिन्सिपल सीताले आफूहरुले रेखदेख गर्न नभ्याउने भएकाले नातिनीलाई अन्यत्रै भर्ना गर्नुपरेको बताइन् ।

यद्यपि आफूले खोलेको सिर्जनसिल विद्यालयमा विपन्न वर्गका धेरै विद्यार्थीलाई छात्रवृत्ति दिएको उनको दाबी छ । अन्य निजी विद्यालयको तुलनामा आफ्नो विद्यालय सुलभ रहेकाले आफ्नो विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढेको उनले गर्वका साथ बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment