Comments Add Comment

बाँकेमा भर्ना दर उच्च, विद्यार्थी टिकाउन समस्या

आरपी सुवेदी

६ वैशाख, नेपालगन्ज । जिल्ला शिक्षा कार्यालय बाँकेले आइतबारदेखि सदरमुकाम नेपालगन्जमा औपचारिक रुपमा विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । वैशाख ३ गतेदेखि नै जिल्लामा भर्ना अभियान शुरु भएपनि सदरमुकाममा भने आइतबारदेखि पहिलो चरणको अभियान शुरु गरिएको हो ।

School-Admission-Campion--Bसेभ द चिल्ड्रेनको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको समन्वयमा अभियान सुरुवात गरिएको हो ।

बागेश्वरी प्रावि बेलासपुरमा निमित्त जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले कक्षा एकको हाजिर रजिष्टरमा गंगा हरिजनको नाम लेखेर पहिलो चरणको भर्ना अभियान शुरु गरेका थिए ।

‘हिंसा यौन दुर्व्यवहार विभेदयुक्त विद्यालय बनाऔं, सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं’ भन्ने नाराका साथ यसपालीको विद्यालय भर्ना अभियान शुरु भएको छ ।

सो अवसरमा नेपाली, अवधी, थारु र उर्दू भाषामा आफ्ना सन्ततिलाई विद्यालय भर्ना गर्नको लागि अपीलसहितको पोष्टर सार्वजनिक गरिएको थियो ।

विद्यार्थी टिकाउन समस्या

निमित्त जिल्ला शिक्षा अधिकारी थापाले हालसम्म बाँकेमा ९६ प्रतिशत बालबालिकाहरु विद्यालयको पहुँचमा आइसकेकाले बाँकी ४ प्रतिशतलाई पनि यसै शैक्षिकसत्रदेखि विद्यालय प्रवेश गराउने बताए ।

‘विद्यालयमा भर्ना हुने दर उच्च भए पनि विद्यार्थीलाई विद्यालयमै टिकाउन भने समस्या छ,’ उनले भने, ‘अभिभावकहरुले आफ्ना छोराछोरीको भविष्यबारे गम्भीर हुनुपर्छ ।’

विद्यार्थीलाई विद्यालयमा टिकाउनको लागि सबैको पहलका साथै अभिभावक सचेतना अभियानलाई पनि सञ्चालनमा ल्याउनु पर्नेमा थापाले जोड दिए ।

कार्यक्रममा बाँके युनस्को क्लवका अध्यक्ष प्रवेजअली सिद्दिकी, सेभ द चिल्डे्रनका बालमुकुन्द महत, पत्रकार महासंघका केन्द्रीय सदस्य झलक गैरे, जिल्ला अध्यक्ष रुद्र सुवेदीलगायतले भर्ना अभियानको सार्थकता बारे आ-आफ्नो विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment