Comments Add Comment

मिनरल वाटरमा लेदो भेटियो

Mineral-Water८ वैशाख, मोरङ । विराटनगरमा खानेपानी मिनिरल वाटरमा अखाद्य वस्तु माटोको लेदो फेला परेको छ । श्रीजल उद्योगले उत्पादन गरेको सिलबन्दी प्याक पानीको बोतलमा माटोको लेदो भेटिएको हो ।

जिल्ला शिक्षा कार्यालय मोरङमा पिउनका लागि मगाइएको एक्वामरिन नामक पानीमा फोहोर पदार्थ भेटिएको थियो ।

श्रीजल उद्योगको नाममा ब्याच नम्बर ०५ एम १९ नम्बरका बोतलमा फोहोरको लेदो भोटिएको हो । पानीमा लेदो भेटिएपछि छलफलमा नै सहभागी पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेलले उपभोक्तामाथि चरम शोषण भएको बताए ।

प्रदूषणयुक्त पानी बजारमा पठाएर कम्पनीले सर्वसाधारण उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment