Comments Add Comment

जिउमा रौँ हुनुका यस्ता रहेछन् फाइदै फाइदा

bhutla iभुत्ले जिउ धेरैलाई मन पर्दैन । अझ महिलाको हकमा त जिउमा रौँ भनेपछि शत्रु सरह नै मानिन्छन् र रौँ उखेल्नका लागि ठूलै कसरत र खर्च हुनेगर्छ । तर यो हप्ता चर्चित पप गायिका माइली साइरसले एउटा बोल्ड घोषणा गरिन्, अबदेखि काखीका रौँ नखौरिने र बढ्न दिने । उनले किन यसो गरिन्, यसको आफ्नै कारण होला ।

तर जिउमा रौँ हुनुका प्रसस्तै फाइदा छन्, जो हामीलाई थाहा नहुनसक्छ त्यसैकारण हामीले रौँ खौरन र उखेल्नमा समय र पैसा खर्चिनुका साथै भुत्ले जिउलाई धिक्कारिरहेका हुन्छौँ । जिउमा रौँ हुनुका फाइदा यस्ता छन्-

· छालालाई स्वस्थ र निरोगी राख्नः बेलायतको ब्राडफोर्ड विश्वविद्यालयका विज्ञ प्राध्यापक डाक्टर डेस टोबिनका अनुसार सरीरका जुनसुकै भागका रौँ हरु तत् तत् भागको छालाको स्वास्थ्यका लागि महत्वपूर्ण रहन्छन् । उनका अनुसार रौँ पलाउने ठाउँ अर्थात् हेयर फोलिकल्समा ठूलो संख्यामा रक्तनली, स्नायु तथा बोसो हुन्छ । त्यस्तै उक्त क्षेत्रमा स्टेम कोशिका पनि हुन्छन् जसका कारण छालाको घाउ छिटो निको पारेर पहिलेकै अवस्थामा ल्याउन सहयोग गर्दछन् । सरीरमा धेरै रौँ भएका ठाउँको घाउ कम रौँ भएको ठाउँको घाउभन्दा छिटो पुरिनु र निको हुनुको कारण यहीँ रहेको उनको भनाइ छ । त्यसैले सरीरका रौँ हटाउन मन लागेमा रौँ उखेल्नु भन्दा बरु खौरनु नै फाइदाजनक हुने उनी बताउँछन् ।

· घामबाट सुरक्षा- मानिसको सरीरमा विकशित भएका रौँको जैविक महत्व छ, जुन मानव पुर्खाबाट विकशित हुँदै आएको हो । रौँले सरीरलार्य न्यानो राख्न तथा सूर्यको विकिरण जस्ता वातावरणीय असरबाट जोगाउन मद्धत गर्दछ । जाडोमा रौँ ठाडो हुनुको कारण तातो हावा नियन्त्रणमा लिएर छालासम्म पूराउनका लागि भएको विज्ञहरुको भनाइ छ ।

· नाकभित्रका रौँ नउखेल्नुस्- नाकभित्रका रौँ बाहिरैबाट देखिन थालेपछि धेरैलाई असहज हुन्छ र हामीले च्वात्त थुतिहाल्छौँ । तर नाकमा यसरी रौँ पलाउनु कुनै रोग वा समस्या होइन, यो त हाम्रै स्वास्थ्यका लागि उमारिएको रौँ पो हो । नाकको प्वालभित्र हुने रौँ को ठूलो महत्व छ । यी रौँले हामीले स्वास लिने क्रममा हावामा हुने धुलो लगायतका बाहिरी हानिकारक पदार्थलाई छानेर फोक्सोसम्म पुग्न दिँदैन । नाकभित्रको रौँ उखेल्नाले घाउ समेत बन्ने र त्यसले संक्रमण हुने खतरा रहने युनिभर्सिटी हस्पिटल अफ लेसेस्टरका नाक, कान घाँटी विज्ञ जर्ज मर्टे बताउँछन् ।

· छातीको रौँ हुनुको अर्थ के ?- मर्दको छातिमा रौँ हुन्छ भनिन्छ । त्यसैले लोग्ने मानिस जसको छातिमा रौँ पलाएको हुँदैन उसलाई कातर र नामर्द भन्ने चलन पनि छ । यसको खास कारण छ र यसमा वैज्ञानिक प्रमाण पनि रहेको छ । पुरुषको छातिमा रौँ पलाउनु भनेको जिउमा पुरुष सेक्स हर्मोन टेस्टेस्टेरोनको पर्याप्त उत्पादन भएको द्योतक पनि हो । यद्यपि छातिमा रौँ नहुनु भनको सेक्स हर्मोनको गडबडी भएको चाहीँ भनिहाल्न नमिल्ने र छातिमा रौँ हुनुमा वंशाणुगत कारण पनि जिम्मेवार रहने विज्ञहरु बताउँछन् । कतिपय अनुसन्धानले बढि तिक्ष्ण बुद्धि भएका मानिसहरुको छातिमा अन्य सामान्य क्षमताका मान्छेको भन्दा बढि रौँ हुने गरेको समेत देखाएका छन् ।

· घश्रण कम गर्छ, घाउ हुनबाट जोगाउँछ – जिउका बढि घश्रण हुने र घश्रणबाटै घाउ समेत हुनसक्ने जोखिमयुक्त क्षेत्रमा बढि रौँ पलाउने गरेको पाइन्छ । त्यसैले रौँ प्रकृतिपद्दत्त सुरक्षा अस्त्र हो, जसले जिउको घश्रणलाई कम गरी चोट लाग्नबाट बचाउँछ । काखी तथा जाँघ र यौनांग वरपरको क्षेत्र यसको उदाहरण हुन् ।

· औलामा रौँ पलाउनु स्वस्थ रक्तसंचारको सूचक- खासगरी खुट्टाका औलामा रौँ पलाउनु देख्दाखेरि खासै सुन्दर नदेखिएपनि ठूलो महत्व राख्छ । औँलामा रौँ हुनु भनेको जिउमा रक्तसंचार राम्रो रहनु हो । खुट्टाका औँला साथै घुँडा मुन्तिरको खुट्टाको भागका रौँ र्झन थाल्नु भनेको मुटुरोगको लक्षण भएको विज्ञको भनाइ छ ।

· कानका रौँ नउखेल्नुस्- नाकका रौँ जस्तै कानका रौँ को पनि महत्व छ । कानभित्र पलाएका रौँ पनि सुरक्षाकवचको काम गर्छन् । खासगरी कानभित्र धुलो तथा अन्य स साना कणहरु पस्नबाट यिनै रौँ ले रोक्दछन् । यद्यपि कानभित्र आवश्यकता भन्दा बढि रौँ हुँदा कानेगुजी जम्मा हुने तथा कानको बाटो नै बन्द गरेर श्रवण शक्तिमा असर पूराउने खतरा रहन्छ ।

· परेला तथा आँखिभौँ- आँखाका परेला त बढाएर लामै पार्ने फेसन छ, तर आँखिभौँ भन सकेजति खौरिएर र उखेलेर सानो घेरो मात्र राख्ने चलन छ । विज्ञहरु भने लामो परेला मात्र नभैँ प्रसस्त आँखिभौँ हुनु लाभदायक हुने बताउँछन् । आँखिभौँले निधार तथा कपालबाट झर्ने फोहोर कुराहरु सिधै आँखाभित्र पस्नबाट रोक्दछ । त्यस्तै परेलाले पनि आँखाको सुरक्षामा ठूलो योगदान गर्दछ । परेलाले आँखामा सिधै हावा ठोक्किनबाट जोगाउने र आँखालाई सुख्खा हुन नदिने गर्छ । तर आँखाको चौडाइको एक तिहाइ भन्दा लामो परेला हुनु भने उतिसारो फाइदाजनक नहुने विज्ञहरुको राय छ । -श्रोत डेलीमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment