Comments Add Comment

नयाँ रेमिट्यान्स कम्पनी ‘एस रेमिट’ले सेवा थाल्यो

yes-remit-logo९ वैशाख काठमाडौं । नेपालीहरुले बिदेशमा दुःखले आर्जेको रकम बिश्वासिलो र भरपर्दौ तरिकाले नेपाल भित्राउन नयाँ रेमिट्यान्स कम्पनी ‘एस रेमिट’ले आफ्नो सेवा थालेको छ ।

बिगत चार बर्षदेखि संचालनमा रहेको शेर रेमिट प्रा.लिको नाम परिवर्तन गर्दै नयाा ब्यबस्थापनका साथ एस रेमिटका रुपमा संचालन हुन थालेको हो ।

लामो समय नेपालको रेमिट्यान्स तथा बैंकिङ क्षेत्रमा अनुभवप्राप्त दक्ष प्रर्बद्धकहरुद्वारा प्रर्बद्धित एस रेमिटले आफ्नो सेवालाई पुनः परिभाषित गर्दै छ ।

‘सेवा सुरुवात गरेको पहिलो सातामै हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय संजाल विस्तारलाई तिब्र बनाएका छौं’ एस रेमिटका प्रमुख संचालन अधिकृत मुनालजंग कार्कीले भने ।

हाल अलफरदान एक्सचेन्ज कतारबाट पठाएको रकम नविल बैंक तथा यसका एजेन्टमार्फत् भुक्तानी  हुादै आएको छ । ‘हामीले आफ्नै संजाल विस्तारका लागि पनि काम गरिरहेका छौं’ कार्कीले भने- छिटै हाम्रो नेटवर्क देशभरि नै विस्तार हुने छ ।’

एस रेमिटले आन्तरिक मनी ट्रान्सफर सेवासमेत सुरु गरेको छ । एस रेमिट मार्फत् देशका कुनै पनि ठाउाबाट रकम पठाउन र प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment