Comments Add Comment

प्रहरी चौकीमै बलात्कृत भइन् भारतीय मोडल !

rape-victim

मुम्बईकी एक मोडलले आफूलाई प्रहरी चौकीभित्रै बलात्कार गरिएको बताएकी छन् । उनको दाबी लगतै तीन प्रहरी पक्राउ परेका छन् ।

घटना चार अप्रिलको हो । पीडित मोडल एक होटलमा आफ्नो सुटिङको पैसा लिन गएकी थिइन् । उनले लामो समयदेखि पैसा दिन अस्वीकार गरेकाले मोडल पुरुष साथीलाई लिएर गएकी थिइन् ।

प्रहरीमा परेको उजुरी अनुसार पैसा दिनु पर्ने ब्यक्तिले मोडललाई होटलको कोठामा बोलायो । तर, उनी त्यहाँ नगइ बाहिर आइन् ।

बाहिर रहेको पाँच जनाको समूहले उनलाई नियन्त्रणमा लिएर जबरन साकीनाका पुलिस स्टेशनमा लगे । प्रहरीले उनीसँग ४ लाख रुपैयाँ मागे ।

पुरुषमित्र पैसा खोज्न बाहिर गएको मौकामा आफूलाई बलात्कार गरेको उनले बताएकी छिन् । प्रहरीले आफूलाई वेश्यावृत्तिमा संलग्न भएको मुद्दामा फसाउने धम्की दिएर ब्ल्याकमेल गरेको उनले बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पीडित मोडलको उजुरीपछि एक हवलदार र दुई इन्स्पेक्टर पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment