Comments Add Comment

अस्पतालको आँगनमा राखेर उपचार …(फोटो फिचरसहित)

Nepal Earth Queke -Injury (7)

१३ वैशाख, काठमाडौं । भुकप्पमा परी घाइते हुनेको संख्या बढेपछि अस्पतालको आँगनमा पनि उपचार गर्ने ठाउँको अभाव देखिएको छ । राजधानीका सरकारी तथा निजी अस्पतालका आँगनहरु विरामीले भरिएका छन् ।

आइतबार अनलाइनखबरको टोली राजधानीका अस्पतालहरुमा पुग्दा त्यहाँ विरामी राखेर उपचार गर्ने ठाउँको अभाव देखिन्थ्यो । डाक्टर तथा नर्सहरु आँगनमा घाइते विरामी राखेर उपचार गर्नमा व्यस्त देखिन्थे ।

अस्पतालनका आँगन भरिए पनि नयाँ विरामीको भने ओइरो लागेको देखिन्थ्यो । विरामीहरु एपचारका लागि कुरेर बसेका थिए । डाक्टर नर्सहरुले विरामीलाई भुईंमा समेत राखेर उपचार गरिरहेका थिए ।

Nepal Earth Queke -Injury (6)

महाराजगञ्जस्थित शिक्षण अस्पताल पुग्दा विरामीको भिड बाक्लो देखिन्थ्यो । विरामीको भिड बढ्दै गएपछि उपचारमा समस्या परेको एक नर्सले अनलाइनखबरसँग बताइन ।

पुराना विरामीको उपचार गर्न समस्या भइरहेका बेलामा नयाँ विरामी थपिएपछि उनीहरुलाई राख्नेसम्म ठाउँ नभएको उनको भनाई थियो । शिक्षण अस्पतामात्र होइन चावेलस्थित मेडिकेयर हस्पिटलको आँगनमा पनि विरामीको चाप देखिन्थ्यो ।

मेडिकेयरले सडक छेउमा शिविर खडा गरेर विरामीहरुको उपचार गरिरहेको छ । स्वम्भ्यूस्थित मनमोहन मेमोरियल अस्पताल, सानेपास्थि स्टार हस्पिटल, पाटन हस्पिटल, जावलाखेलको अलका हस्पिटल, ग्वार्कोको बी एण्ड बी अस्पताल, सामाखुशीसीको कान्तिपुर डेन्टल अस्पताल लगायतमा पनि विरामीको बाक्लो चाप देखिएको छ ।

अस्पतालमा विरामी राखेर उपचार गर्ने ठाउँको अभाव भइरहेको कान्तिपुर डेन्टल अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए । यहाँ दन्तरोगको मात्र उपचार हुने भएपनि बाहिरबाट डाक्टर ल्याएर घाइते विरामीको उपचार भइरहेको छ ।

त्यसो त राजधानीका मूख्य मूख्य चोकमा शिविर खडा गरेर विभिन्न अस्पताल तथा संघसंस्थाले घाइते विरामीको उपचार गरिरहेका छन् । यति गर्दासमेत घाइते विरामीको सहज उपचार हुन सकिरहेको छैन ।

Nepal Earth Queke -Injury (3) Nepal Earth Queke -Injury (5) Nepal Earth Queke -Injury (9) Nepal Earth Queke -Injury (11) Nepal Earth Queke -Injury (12) Nepal Earth Queke -Injury (13) Nepal Earth Queke -Injury (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment