Comments Add Comment

भूकम्पबाट एमाले केन्द्रीय कार्यालय भवन क्षतिग्रस्त

uml-office

१४, वैशाख, काठमाडौं । सत्तारुढ नेकपा एमालेले देशभरका आफ्ना कार्यकर्तालाई भूकम्पबाट पीडित जनताको उद्दार र राहतमा जुट्न निर्देशन दिएको छ ।

एमाले केन्द्रीय सचिवालयको सोमवार बसेको बैठकले भूकम्प पीडितलाई राहत जुटाउन र आ-आफ्नो क्षेत्रमा कार्यकर्ता परिचालन गर्न माताहत कमिटी र जनवर्गीय संगठनहरुलाई निर्देशन दिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए । सबै कार्यकर्तालाई आ-आफ्नो पायक पर्ने स्थानमा रक्तदान गरेर रगतको अभाव हुन नदिन सर्कुलर गरिएको भट्टराईले बताए ।

सचिवालय बैठक लगत्तै एमाले महासचिव इश्वर पोखरेल नेतृत्वको टोलीले उपप्रधानमन्त्री एबम् गृहमन्त्री बामदेव गौतमलाई भेटी उद्दार तथा राहतको काममा सरकारी संयन्त्र प्रभावकारी बनाउन आग्रह गरेको थियो । एमालेले आफ्ना सबै कार्यकर्ता ठाउँ ठाउँमा परिचालन गर्न लागिएको र आवश्यक परेमा सरकारले भनेको ठाउँमा परिचालन गर्न तयार रहेको पोखरेलले बताए ।

यसैबीच बल्खुस्थित एमाले केन्द्रीय कार्यालय पनि भूकम्पबाट क्षतिग्रस्त भएको छ । कार्यालय भवन भूकम्पबाट भत्किएपछि बल्खुमा बैठक समेत बस्न नसकेको एमाले नेता बिष्णु रिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment