Comments Add Comment

राहत कोषमा सबै सभासदको एक महिनाको तलब

Multyparty-Meeting-due-to-earthquake

  • संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बोलाएको सर्बदलीय बैठक । तस्वीर संविधानसभा सचिवालय

१४ वैशाख, काठमाडौं । भूकम्प पीडितहरुका लागि संविधानसभाका सबै सदस्यहरुले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सोमबार बोलाएको सर्बदलीय बैठकले सबै सभासदहरुको एक महिनाको तलब भूकम्पबाट पीडितहरुको राहतको निम्ति दैवी प्रकोप राहत उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

संविधानसभा अध्यक्ष, उपाध्यक्ष, विपक्षीदलका नेता, मुख्य सचेतक, समिति सभापति, सचेतक र सदस्यहरुको एक महिनाको जम्मा पारिश्रमिक जोड्दा २ करोड ५८ लाख २५ हजार ७७० रुपैयाँ हुने संविधानसभा सचिवालयले जनाएको छ ।

एक महिनाको तलब कस्को कति ?

Multy-Party-Meeting

संसदको विशेष अधिवेशन बोलाइने

महाभूकम्पले निम्तिएको राष्ट्रिय विपत्तिको सामना गर्ने विषयलाई लिएर सरकारले व्यवस्थापिका संसदको विशेष अधिवेशन बोलाउने भएको छ । यसैगरी पीडितहरुको उद्दार, राहत तथा पुनस्र्थापनाका विषयमा सरकारको कामकारवाही अनुगमन गर्ने सम्बन्धमा व्यवस्थापिका-संसदको राज्यव्यवस्था समितिको बैठक मंगलबार विहान ११ बजे बस्ने छ ।

बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले महाभूकम्पको विनासपछिको व्यवस्थापन ठूलो चुनौति बनेको बताएका थिए ।

बैठकको शुरु र अन्त्यमा संविधानसभा अध्यक्ष नेम्वाङले राजनीतिक दलका नेताहरुलाई संविधान निर्माणका विषयमा सहमति गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment