Comments Add Comment

उद्योग वाणिज्य महासंघले थाल्यो देशभर राहत संकलन

१४ वैशाख, काठमाडौं । गत शनिबार आएको विनाशकारी भुकम्पबाट प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघको पहलमा मुलुकभर राहत संकलन कार्य शुरु भएको छ ।

Operation-Reliefराहत संकलन, वितरणसहित तत्काल सहयोग पुर्‍याउन नागरिक समाजस्तरमा क्रियाशिल अन्य संघ संस्थाहरुको समेत सहभागितामा यो पहलकदमी लिन शुरु गरेको हो ।

यसका लागि महासंघको अगुवाईमा २० भन्दा बढी व्यक्ति तथा संघ संस्थाहरुको पहलमा ‘ओपरेशन रिलिफ’ अभियानको थालनी गरिएको छ । यसका लागि महासंघले भृकुटीमण्डपको मुख्य प्रवेशद्वारसंगै आफ्नो अस्थायी कार्यालय समेत खडा गरेको छ ।

अभियानले नेपाल सरकारका सम्बन्धित निकायहरु, स्थानीय समुदाय, अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु, गैर आवासीय नेपाली संघ र निजी क्षेत्रसंग हातेमालो गरी कार्य गर्ने छ । यस अतिरिक्त अभियान मार्फत भूकम्प पश्चात नागरिकहरुले अपनाउनु पर्ने सावधानीका विषयमा जनचेतना जगाउने कार्य समेत गर्ने छ ।

अभियान मार्फत राहत संकलन कार्य शुरु भैसकेको छ, जसअन्तरगत हालसम्म ४५ लाख नगद, औषधि, खानेकुरा, पिउने पानी आदि संकलन भैसकेको छ । यसका लागि आधिकारिक फेसबुक पेज मार्फत् पनि जानकारी लिन सकिने छ ।

महासंघले भुकम्प पीडितहरुको सहयोगार्थ एभरेष्ट बैंक लि., कालीमाटी शाखामा रहेको FNCCI Earth quake Relief Fund, एकाउन्ट नम्वर 03700105200399 र स्वीफ्ट कोड EVBLNPKA मार्फत पनि सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

महासंघले विपत्तिको घडिमा आफ्ना सबै सदस्य जिल्ला उद्योग वाणिज्य संघहरु, बस्तुगत संघहरु, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एशोसिएट सदस्यहरुलाई आ-आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल समेत गरेको छ ।

साथै महासंघले विपत्तिमा परेका नागरिकहरुको सहयोगार्थ दैनिक उपभोग्य बस्तु तथा सेवा आजैबाट सर्बसुलभ रुपमा उपलव्ध गराउन मुलुकभरका सबै उद्यमी व्यवसायीहरुमा  अपिलसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment