Comments Add Comment

एनआरएनए अफ्रिकाबाट १५ लाख सहयोग संलकन

विजय थापा 

१५ वैशाख, वाशिंगटन डिसी । एनआरएनएका अफ्रिकास्थित शाखाहरुले नेपालका भूकम्पपीडितहरुका लागि आपतकालीन सहयोग संकलन शुरु गरेका छन् |

एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक हिक्मत थापाका अनुसार एनआरएनए नाइजेरियाले  ६ लाख, एनआरएनए केन्याले ५ लाख, एनआरएनए तान्जानियाले ४ लाख रुपैयाँ सहयोग संकलन गरिसकेका छन् |

यसका साथै जाम्बिया, युगान्डा र अन्य शाखाहरुले पनि सहयोग संकलन प्रारम्भ गरेको समाचार प्राप्त भएको छ |

​अछाम घर भएका एनआरएनए अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापा ०४५ सालमा धरानमा गएको भुकम्पमा ज्यान जोगाउन सफल भएका थिए भने उनि त्यस समय धरान हात्तिसारस्थितमा खाद्य प्रविधिमा अध्ययनरत थिए l

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment