Comments Add Comment

रामेछापका पीडितको बिजोग, जिल्लामा राहत सामाग्री छैन

१५ वैशाख, रामेछाप । विनाशकारी भुकम्प गएपछि भएको लगातार वर्षाको कारण घरबारविहीन भएर बिस्थापित हुनेहरुको बिल्लिबाठ भएको छ ।

शनिबार दिउँसो भुकम्प गएपछि जिल्लाका विभिन्न भागमा खण्डवृष्टि भई रहेको छ । वर्षाको कारण घर छाडेर बाहिर बसेकाहरुको विजोग भएकको छ ।

खेत बारीमा खुल्ला आकाशमुनि बसेकाहरु वर्षाले भिजेपछि विरामी पर्न लागेका छन् । सदरमुकाम र आशपासका क्षेत्रका मानिसहरु पाल टाँगेर बसेका भए पनि ग्रामिण भेगका सर्वसाधारणहरु भने त्यतिकै खुल्ला आकाशमुनि बसेका छन् ।

सदरमुकाममै पनि राज्यले विस्थापितहरुलाई पाल समेत उपलब्ध गराउन सकेको छैन । बजारमा पनि पाल नपाएपछि कतिपय सर्वसाधारणहरु सदरमुकाममा समेत खुल्ला ठाउँमा भिजेर बसेका छन् ।

यातायात सेवा पनि अवरुद्ध

भुकम्पको कारण रामेछापबाट काठमाडौँ र तराईजाने सडक समेत अवरुद्ध भएको छ । भुकम्पले खुर्कोटको पुल नजिकैको सुक्खा पहरोमा पहिरो गएपछि यातायात अवरुद्ध भएको हो ।

सडक खुलाउनको लागि सोमबार सडक विभागको टोली खुर्कोट पुलमा पुगेको भए पनि सुनकोसी पारी खुर्कोटका स्थानीयले अवरोध गरे ।

सडक सफा गरेको ढुङ्गा नदीमा फाल्दा खुर्कोटपट्टि नदीले क्षति पुर्‍याउने भन्दै काममा अवरोध पुर्‍याए पछि काम गर्न गएको टोली त्यतिकै फर्किएको थियो । मंगलबार पुनः सो सडक खुलाउन नेपाली सेनाको टोली खुर्कोटतर्फ गएको छ ।

जिल्लामा राहात सामाग्री नै छैन

भुकम्पका कारण जिल्लाका ८० प्रतिशत भन्दा बढी घरहरु क्षतिग्रस्त भएका भए पनि पीडितहरुलाई प्रदान गर्ने राहात सामागि्र जिल्लामा छैन । जिल्ला रेडक्रससँग भएका २६ वटा पाल बुधबार स्थानीयलाई वितरण गरिएको छ ।

मन्थली आसपासका हाटेचौर, करमबोट, गाइखुरा लगायतका क्षेत्रमा सामुहीक रुपमा बस्नको लागि पाल वितरण गरिएपछि अब जिल्लामा राहात सामागि्र सकिएको जिल्ला दैवप्रकोप उद्दार समितिले जनाएको छ ।

रामेछाप जिल्लामा भुकम्पको कारण मृत्यु हुनेहरुको संख्या २९ जना पुगेको छ । तथ्याङ्क संकलनको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।

रामेछापमा भूकम्पबाट सबैभन्दा बढि मानवीय क्षेति दुरागाउँमा भएको छ । दुरागाउमा ९ जनाको मृत्यु भएको छ भने गाउँभरिका करीव साँढे ६ सय घरमध्ये ६ भन्दा बढि घर बस्न नमिल्ने गरि भत्किएको स्थानीय शिक्षक जनार्दन घिमिरले बताए ।

त्यस्तै दुरागाउपछि मानवीय क्षेति बेतालीमा चार जनाको मृत्यु भएको छ । अन्य मृतकमा हिमगंगाका १, रस्नालुका २ , रामेछापका ३, नामाडीका २, गेलुका २, गौश्वाराका २, सैपुका १, पि्रतिका १, पकरबासका १ र भुजीका १ जना रहेका छन् ।
– नवराज पथिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment