Comments Add Comment

भग्नावशेषमा पुरिएकाको खोजी जारी, ठमेलमा ३ शव भेटिए

१५ वैशाख, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भग्नावशेष पन्छाएर उद्धार गर्ने कामलाई तिव्रता दिइएको छ । भत्किएका संरचना पन्छाउने क्रममा ठमेलस्थित होटल बजेटमा २ शव भेटिएका छन् । यसैगरी कालधारामा १२ वर्षीया नितिका श्रेष्ठको पनि शव भेटिएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

प्रहरीको तथ्यांक अनुसार भूकम्पबाट देशभरमा ४ हजार ४८५ जनाको मृत्यु भैसकेको छ । ८ हजार २३५ जना घाइते भएका छन् । मृतक र घाइतेहरुको संख्या बढ्दो क्रममा छ ।

काठमाडौं उपत्यकामा अहिले परिरहेको पानीले उद्धारको काममा केही असर गरेको छ । तर उद्धारकर्मीहरुले कामलाई तिव्रता दिएका छन् ।

कन्टेनरमा अपरेशन थिएटर

घाइतेहरुलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ । गम्भीर अवस्थाका घाइतेहरुलाई बिभिन्न जिल्लाहरुबाट काठमाडौं ल्याइएको छ ।

काठमाडौंको सिनामंगलस्थित सशस्त्र प्रहरीको गणमा अस्थायी स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरुको उपचार गरिएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा नअटाएका घाइतेहरुलाई पनि सशस्त्रको अस्थायी शिविरमा राखेर उपचार गरिँदै आएको छ । त्यहाँ कन्टेनरलाई अपरेशन थिएटरको रुपमा उपयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment