१८ बैशाख, कैलाली । कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीमा परी तीन जनाको मृत्यु भएको छ । हावाहुरीका कारण ढलेको रुखले घर किच्दा कैलालीको अत्तरिया नगरपालीका १३ जितनपुर शिबिरका ३४ वर्षका विजय बर्मा र अत्तरिया नगरपालीका १२ दरखका ३८ वर्षका दिनेश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै कञ्चनपुरको कृष्णपुरमा रुखले गोठलाई किच्दा गोठमा च्यापिएर ५० वर्षकी सरस्वती धामीको मृत्यु भएको छ । हुरी आएपछि गाई बाध्न गोठ गएकी उनको गोठमा च्यापिएर मृत्यु भएको हो ।
कैलाली र कञ्चनपुरमा केही घाइते भएको भएपनि यकिन विवरण आउन बाँकीछ । क्षतिको पूर्ण विववरण आइनसकेको प्रहरीले जनाएको छ ।
कैलालीमा हावाहुरीका कारण दर्जनौ घरका छानाहरु उडाएको छ भने ठाउ ठाउमा बिजुलीका पोलहरु ढलेका छन । खप्तड डेरी उद्योग र दिपेन्द्र प्रहरी आवासिय माविको पर्खाल भत्किएको छ । धनगढीमा रहेको पश्चिम टुडे एफएमको टावर भाँचिएको छ । टावर भाचिएपिछि एफएमको प्रसारण वन्द भएको छ ।
हावाहुरीले रुखहरु राजमार्गमा ढलेका कारण कैलालीको चौमलामा यातायात सेवा समेत प्रभावित भएको छ । पुर्व पश्चिम राजमार्गमा ढलेकाहरु रुखहरु हटाएर यातायात सुचारु गर्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
नृप रावलबाट
प्रतिक्रिया 4