News Summary
Generated by OK AI. Editorially reviewed.- युनाइटेड मोदी हाइड्रोपावरले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- नगद लाभांश दिन विद्युत् नियमन आयोगबाट स्वीकृति लिएपछि साधारणसभा बोलाउने र पारित भएपछि लाभांश प्रदान गर्ने कम्पनीले जनाएको छ।
- हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ हाराहारीमा रहेको छ।
१० फागुन, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
यो नगद लाभांश प्रदान गर्न नियामक निकाय विद्युत् नियमन आयोगबाट स्वीकृति लिने र उक्त स्वीकृतिपछि साधारणसभा बोलाउने निर्णय कम्पनीले गरेको छ ।
साधारणसभाबाट पारित भएपछि लाभांश प्रदान हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4