१९ वैशाख, काठमाडौं । गत शनिबारको विनाशकारी भूकम्पयता सात लाख ९२ हजार ६२३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
वैशाख १३ गते ८१ हजार ७६१, १४ गते ९९ हजार ८३३, १५ गते एक लाख ५३ हजार ८१२, १६ गते एक लाख ३१ हजार ३६५, १७ गते एक लाख ३७ हजार ७४४, १८ गते एक लाख ४ हजार ९९६ जना र वैशाख १९ गते साँझसम्म ८२ हजार १४२ यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
सोही अवधिमा एक लाख ६१ हजार ६७४ यात्रु र ३५ हजार १७२ सवारी साधन उपत्यका भित्रिएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4