News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखा क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणना सुरु भएसँगै रास्वपाका सुदन गुरुङले ९० मतका साथ अग्रता लिएका छन्।
- नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ मत ल्याएका छन्।
- मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका संकलन भएसँगै गणना प्रक्रिया सुरु भएको हो।
२३ फागुन, गोरखा । ढिला गरी मतगणना सुरु भएको गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।
उनले ९० मतका साथ अग्रता लिँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ तथा एमालवेका रामचन्द्र लामिछानेले ७ मत ल्याएका छन् ।
यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भएसँगै गणना सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4