+
+
Shares

गोरखा-१ : मौसम खराबीले सबै मतपेटिका संकलन हुन सकेन, मतगणना भोलि मात्रै

‘हेलिकप्टर स्ट्यान्डबाइ राखेका छौँ । भोलि(शनिबार) मौसम सफा भए बिहानै लिएर आउँछ’, उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १९:१३

२२ फागुन, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा सबै मतपेटिका संकलन हुन ढिलाइ हुँदा मतगणना सुरु हुनसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका सबै मतदान केन्द्रबाट अझैसम्म मतपेटिका जिल्ला सदरमूकाम पुर्‍याउन सकिएको छैन ।

चुमनुव्री गाउँपालिकामा २३ मतदान केन्द्र छन् । ती केन्द्रका मतपेटिका शुक्रवार नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गर्न सुरु गरिएको थियो । तर, खराब मौसमका कारण सबै ठाउँको मतपेटिका ल्याउन नसकिएको प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठले जानकारी दिए ।

‘नौ वटा केन्द्रको मतपेटिका आयो, १४ वटाको अझै बाँकी छ,’ उनले भने, ‘मौसमले साथ नदिएपछि अरु फ्लाइट हुन सकेन ।’

नाम्रुङ, प्रोक र सिर्दिवासका मतदान केन्द्रबाट मतपेटिका संकलन हुन बाँकी रहेको प्रजिअ श्रेष्ठले जानकारी दिए । ‘हेलिकप्टर स्ट्यान्डबाइ राखेका छौँ । भोलि(शनिबार) मौसम सफा भए बिहानै लिएर आउँछ’, उनले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?