+
+
Shares

दाह्री कपाल काट्ने मान्छे पाइएन : उद्योगमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २८ गते १७:३५

२८ काठमाडौं । उद्योग मन्त्रालयले राजधानीमा युवाहरुलाई दाह्री कपाल काट्ने तालिम सञ्चालन गर्ने भएको छ । त्यसैगरी गाउँगाउँमा घर निर्माणका लागि डकर्मीसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी उद्योग मन्त्रालयले गरेको छ ।

‘भूकम्प आएपछि राजधानीका सैलुन बन्द गरेर कपाल काट्नेहरु इण्डियातिर लागे, यहाँ कपाल काट्ने मान्छे पाइन छाड्यो,’ उद्योगमन्त्री महेश बस्नेतले अनलाइनखबरसँग भने, ‘त्यसैले युवालाई दाह्री कपाल काट्ने तालिम दिन लागेका हौं ।’

त्यसैगरी भूकम्प प्रभावित गाउँहरुमा घर निर्माणका लागि प्राविधिकको आवश्यकता खड्किएकाले उद्योग मन्त्रालयले गाउँ गाउँमा डकर्मीसम्बन्धी तालिम सञ्चालन गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?