Comments Add Comment

पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध

३१ वैशाख, काठमाडौं । भूकम्पपछि गएको पहिरोका कारण विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका छन् । सिन्धुपाल्चोकको थाङपालधाप गाउँ विकास समितिमा गएको पहिरोका कारण सिन्धुपाल्चोक मेलम्ची सडकखण्ड अवरुद्ध भएको छ ।

त्यस्तै दोलखा-लामाबगर सिंगटी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसे-तातोपानी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रामेछापको सहरे-४ मा गएको पहिरोले चरिकोट-मन्थली सडकखण्ड अवरुद्ध भएको छ ।

त्यसैगरी लमजुङको ताघ्रीङ-१ च्याम्चेमा गएको पहिरोका कारण लमजुङ बेशिसहर-मनाङ सडकखण्ड अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment