Comments Add Comment

गर्मीमा मेवा खानुका फाइदै फाइदा

papyaमेवा खाँदा जति स्वादिलो हुन्छ उत्तिकै स्वस्थ तथा गुणकारी पनि हुन्छ । मेवामा यस्तो तत्व हुन्छ जसले विभिन्न खाले रोगब्याधीबाट बचाउनुका साथै उपचारमा समेत सहयोगी हुन्छ । पाकेकोमा मात्र होइन काँचो मेवामा पनि भिटामिन ए प्रशस्त पाइन्छ ।

गर्मीमा शरीरलाई शीतल बनाउन मात्र होइन पाचन प्रक्रियामा रहेका समस्या हटाउनुका साथै कमलपित्त, हर्निया, कोलेस्ट्रोल तथा मुटुरोगीका लागि समेत निकै फाइदाजनक हुन्छ ।

विज्ञहरुका अनुसार मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर पनि प्रशस्तै पाइन्छ ।

मेवामा भिटामिन ए तथा पपाइन नामक तत्व पाइन्छ । यो तत्वले छालालाई चम्किलो बनाउनुका साथै छालाको रंगलाई निखार प्रदान गर्दछ ।

मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमहरुले कपाललाई समेत स्वस्थ बनाउन मद्धत गर्दछ ।

मेवाको बिउलाई मरिचसँग पिँधेर महमा मिलाएर खाँदा कलेजो सम्बन्धि समस्याहरुमा लाभ मिल्ने विज्ञहरु बताउँछन् ।

मेवामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलित बनाउन मद्धत गर्दछ । त्यसैले यसलाई हाइपरटेन्सनको औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । मेवामा कार्पेन तथा कापेइनस् तत्व पाइन्छ जसले रक्तचापलाई नियन्त्रित गर्दछ । उच्च रक्तचापको समस्या भएकाले दैनिक एउटा काँचो मेवा खानु फाइदाजनक हुन्छ ।

मेवामा एन्टी अक्सिडेन्ट तत्वहरु पाइने भएकाले यसले जिउलाई स्वस्थ तथा फुर्तिलोका साथै छिटो बुढ्यौलीका लक्षण देखिनबाट बचाउँछ । मेवाको सेवन मात्र होइन पाकेको मेवाको लेदो बनाएर अनुहारमा दल्नाले मुखको चाउरीपना हट्नुका साथै दागधब्बा समेत हट्ने र अनुहार चम्किलो बनाउँछ ।

मेवाको सेवनले कब्जियतको समस्या पनि कम गर्छ । दिनहुँ एउटा पाकेको मेवा खानाले यसमा भएको फाइबरका कारण कब्जियतको समस्या घट्ने र पाचन क्रिया नियमित गर्न सघाउ पुराउँछ ।

कमजोरी तथा आलस्यता हटाउनका लागि समेत मेवा निकै उपयोगी हुन्छ । साथै मेवाको सेवनले यौनक्षमतामा समेत वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । यसमा पर्याप्त मात्रामा लवण तथा भिटामिन पाइने भएकाले यसले शारीरिक तथा यौनिक क्षमता वृद्धिमा सघाउ पुराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment