Comments Add Comment

एनआरएनद्वारा दोलखा र सोलुखुम्बुमा राहत बितरण

dolakha-9

काठमाण्डौं । मुलुकमा आएको बिनासकारी भूकम्पबाट क्षतिग्रस्त जिल्लाहरुमा राहत बितरणका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले दुई दिनमा तीन जिल्लाको भ्रमण गरी भूकम्प पिडीतलाई आपतकालिन राहत बितरण गर्नुभएको छ ।

दोस्रोपटकको भूकम्पले क्षति पुर्‍याएको सोलुखुम्बु र दोलखाका बिभिन्न गाउँमा पुगेर अध्यक्ष घलेले राहत वितरण गर्नुभएको छ भने पहिलो भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक पुगेर त्यहाँका स्थानीय वासिन्दासँग पुर्ननिर्माणका सम्भावनाबारे छलफल गर्नुभएको छ ।

जेठ २ गते शनिवार सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रममा एनआरएन अध्यक्ष घलेसहितका गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले भूकम्प पिडीतलाई राहत बितरण गर्नुभयो । कार्यक्रममा अध्यष घलेले वास्तविक पीडीतसम्म राहत पुर्‍याउन आफुहरु गाउँगाउँ पुगिरहेको बताउनुभयो । गैरआवासीय नेपालीहरुले जम्मा गरेको सानो-सानो रकमले भए पिडीतको दुःखमा साथ दिन प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

dolakha-11

सो अबसरमा सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले पछिल्लो भूकम्पबाट सोलुखुम्बुमा करिव २ हजार घर भत्किएको र करिव ५० जनाले ज्यान गुमाएको जानकारी दिनुभयो । धेरै क्षति भएपनि संकटग्रस्त घोषणा नहुँदा पर्याप्त राहत आउन नसकेको भन्दै ढकालले यस्तो अबस्थामा पनि गैरआवासीय नेपाली संघले राहत वितरण गरेकोमा आभार प्रकट गर्नुभयो ।

३४ गाविस रहेको रहेको सोलुमा नाम्जे,खुम्जुङ, चौंरीखर्क, बासा,काकु, सोताङ, बाकु, लुक्ला सल्लेरी लगायतका ठाउँ धेरै क्षतिग्रस्त भएको ढकालले जानकारी दिनुभयो । उहाँले राहत वितरणमा गैरआवासीय नेपाली संघलाई सक्दो सहयोग गर्ने वाचा गर्नुभयो ।

dolakha-6
दोलखाको काटाकुटी गाउँमा अध्यक्ष शेष घले

सो कार्यक्रममा संघका उपाध्यक्ष टीवी कार्की, एमआईटी ग्रुप फाउण्डेसनकी अध्यक्ष जमुना गुरुङ र एनआरएन आईसीसी सचिव रञ्जु थापा र आईसीसी सदस्य एसी शेर्पा लगायतको उपस्थीति थियो ।

सल्लेरीबाहेक नाम्चे, लुक्ला र ताप्तिङमा पनि गैरआवासीय नेपाली संघले राहत वितरण गर्दै छ । ती ठाउँमा राहत सामाग्री पुर्‍याउने क्रम जारी छ । उपाध्यक्ष टीवी कार्की र आईसीसी सदस्य एसी शेर्पाले ती ठाउँहरुमा राहत वितरण गर्नुहुने छ ।

यसैगरी गैरआवासीय नेपाली संघले दोस्रो भूकम्पबाट ठूलो क्षति भएको दोलखा जिल्लामा पनि राहत वितरण गरेको छ । अध्यक्ष शेष घलेले आइतबार दोलखाको काटाकुटी गाविसमा राहत वितरण गर्नुभयो ।

गैरआवासीय नेपाली संघले त्यहाँका एक हजार ३ सय परिवारलाई पुग्ने त्रिपाल, कम्बल तथा खाद्य सामाग्री राहत स्वरुप वितरण गरेको छ ।

बारपाकमा पुर्ननिर्माणबारे छलफल 

barpak

यसैवीच गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको टोलीले आइतबार पहिलो भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक गाउँ पुगेर पुनःनिर्माणबारे स्थानीयबासीसँग छलफल गरेको छ ।

झण्डै १४ सय परिवार रहेको पर्यटकीय बारपाक गाउँ अहिले खण्डहर बनेको छ । अध्यक्ष घलेले त्यहाँका स्थानीयबासीसँग कसरी पुर्ननिर्माण गर्न सकिन्छ, उनीहरुको चाहना कस्तो गाउँ बनाउने छ लगायतका बिषयमा छलफल गर्नुभयो ।

barpak-2

स्थानीयबासीले आफुहरु बारपाकलाई पुननिर्माण गरेर नमुना गाउँ बनाउन चाहेकाले त्यहाँबाट बसाई सराई नगर्ने बताए । उनीहरुले भूकम्प प्रतिरोधी तर स्थानीयपन झल्किने घरहरु बनाउन चाहेको बताएका थिए । फेरि पनि बारपाकलाई पर्यटकीय गाउँ बनाउने र होमस्टे लगायतका सम्भावना खोजी गर्ने उनीहरुले बताए ।  खेतीपाती पर्याप्त नहुने भएकाले पर्यटन लगायतका आयआर्जनको स्रोतको पनि बिकाश गर्नुपर्ने उनीहरुको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment