Comments Add Comment

राष्ट्रिय सरकारमा मारामार नभए घण्टी झुन्ड्याएर हिँड्छु : कटवाल

Rukmangad-katwal

८ जेठ, काठमाडौं । पूर्वप्रधान सेनापति रुकमांगद कटवालले राष्ट्रिय सरकार गठन गर्दा मारामार हुने बताएका छन् । नागरिक दैनिकसँगको अन्तर्वातामा कटवालले भनेका छन्-‘राष्ट्रिय सरकार गठन हुनेहो भने भोली यहाँ मारामार भएन भने हेर्नुहोस म घाँटीमा घन्टी झुन्ड्याएर हिँड्छु । अर्थमन्त्री को हुने, रक्षामन्त्री को हुने, गृहमन्त्री को हुने भनेर मारामार हुन्छ ।’

कटवालले हामीसँग भएका आधा हेलिकोप्टर सही अवस्थामा रहेको भए अहिले दुनियाँभरका हेलिकोप्टर उडाउनु नपर्ने बताएका छन् ।
उनले अन्तर्वातामा भनेका छन्-‘यस्तो बेलामा सरकारलाई कसरी कमजोर बनाउने भन्दा पनि कसरी बलियो बनाउने भन्ने सोच्नुपर्छ । आखिरमा सरकारलाई विश्वास नगरे कसलाई विश्वास गर्ने ?’

पूर्वप्रधानसेनापति कटवालले नेपाली सेना र सरकारबीच खडबड भइरहेको बताएका छन् । अन्तर्वातामा उनले भनेका छन्-‘यहाँ सेनाले राज्य चलाएको छैन । सेना सरकारको आदेश बमोजिम चल्ने हो । मिडिया, सामाजिक सञ्जालमा धेरै देशका प्रतिनिधि बोलाएर सेनाले ब्रिफिङ गर्‍यो भनेर सेनालाई गाली गरेको पाएँ । त्यो के हो भने तपाईं कमजोर हुनुहुन्छ नि, सबैतिरबार आक्रमण गरेको मात्र देख्नुहुन्छ । ….नेपालमा सरकार र सेनाबीच खडबड खडबड भइराख्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment