Comments Add Comment

जिपफ्लायर र बञ्जीजम्पमा ५० प्रतिशत छुट

सन्देश श्रेष्ठ
१० जेठ, पोखरा । पोखराका व्यवसायीहरुले साहसिक खेल जीप फ्लायर र बञ्जीजम्पमा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । छुट योजना आइतबारदेखि नै शुरु भएर सेप्टेम्बर महिनाभरी जारी रहने छ ।

Bungy-Jump

भूकम्पले पोखरामा खासै क्षति नगरेपनि पर्यटक आउन छाडेपछि उनीहरुलाई आकर्षित गर्न छुट योजना ल्याइएको हो । यसअघि १५ प्रतिशत मात्रै छुट दिइएको थियो ।

मंगला ग्रुप तथा गोल्छा अर्गनाईजेसनको संयुक्त कम्पनी हाईग्राउण्ड एडभेन्चर्स नेपाल प्रा.लि.ले जीप फ्लायर र बञ्जीजम्प सञ्चालन गर्दै आएको छ ।

प्रा.लि.का अप्रेसन म्यानेजर दिनेश मर्हजनका अनुसार भूकम्पअघि जिप फ्लायर गर्न दैनिक ४०/५० जना आउने गर्दथे । त्यस्तै बञ्जीजम्प गर्न दैनिक करीब ४० जना आउने गर्दथे । तर, भूकम्प पछि शून्य जस्तै भएको छ ।

उनले भने, ‘शून्यमा झरेको जीप फ्लायर र बञ्जी जम्पको ब्यापारलाई पुनरुत्थानका लागि छुट दिएका हौं, आशा छ, यसले नयाँ सञ्चार गर्नेछ र पुनः जीप फ्लायर र बञ्जी जम्पको ब्यापार पहिलेकै अवस्थामा फर्कनेछ ।’

नेपालीलाई ३ हजार ८ सय ९० रुपैयाँ लिइने जीप फ्लायर छुटपछि १ हजार ९ सय ४५ रुपैयाँमा गर्न पाइने छ । त्यस्तै ३ हजार ४ सय ९० शुल्क रहेको बञ्जीजम्प अब छुटपछि १ हजार ७ सय ४५ रुपैयाँमा गर्न पाइनेछ ।

जीप फ्लायर र बञ्जी जम्प गर्नको लागि कुनै एउटाको ६ हजार ४ सय ९० रुपैया तिर्नुपर्ने बिदेशीले अब छुटपछि ३ हजार २ सय ४५ रुपैयाँ तिरे पुग्छ । जीप फ्लायर र बञ्जी जम्प गर्नको लागि कुनै एउटाको ६ हजार ४ सय ९० रुपैया तिर्दै आएका विदेशीकालागि अब छुटपछि ३ हजार २ सय ४५ रुपैयाँ तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment