Comments Add Comment

एनआरएनद्वारा १७ हजार भूकम्पपीडितलाई राहत वितरण

१२ जेठ, काठमाडौं । नेपालका भूकम्प पीडितका लागि गैरआवासीय नेपाली संघले पहिलो चरणमा घोषणा गरेको आपतकालिन राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
nrna-relief-infographic
गत वैशाख १२ गते आएको महाभूकम्प लगत्तै गैरआवासीय नेपाली संघले घोषणा गरेको राहत कार्यक्रम अर्न्तगत अति प्रभावित १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण गरिएको हो । जसबाट अनुमानित करिव ६८ हजार भूकम्पपीडित प्रत्यक्ष लाभान्वित भएका छन् ।

एनआरएनले वितरण गरेको राहत प्याकेजमा त्रिपाल, कम्बल, चामल, चिउरा, चाउचाउ र मेडिकल क्याम्प लगायत थिए ।

यसक्रममा गैरआवासीय नेपाली संघले १७ हजार थान त्रिपाल, २१ हजार थान कम्बल, ७३ हजार किलो चालम, ५ हजार किलो चिउरा, १ लाख ७१ हजार प्याकेट चाउचाउ वितरण गरेको छ ।

राहत कार्यक्रममा संसारभरबाट नेपाल आएका तीन सय भन्दा धेरै स्वयंसेवक परिचालित भएका थिए । राहत प्याकेजसँगै गैरआवासीय नेपाली संघले बिभिन्न जिल्लामा २६ वटा मेडिकल क्याम्प सञ्चालन गरेको थियो । विभिन्न देशमा कार्यरत गैरआवासीय नेपाली डाक्टर, नर्स लगायतका स्वयंसेवीले भूकम्प प्रभावित दुर्गम गाउँहरुमा पुगी हजारौं बिरामीको चेक जाँच गरी सेवा गरेका थिए ।

गैरआवासीय नेपाली संघले सुरुमा सरकारले अति प्रभावित घोषणा गरेको ८ जिल्लामा राहत वितरण गर्ने तयारी गरे पनि दोस्रो भूकम्पले थप जिल्लाहरुमा क्षति पुर्‍याएपछि  राहत वितरण विस्तार गरेको थियो ।

जसअनुसार गैरआवासीय नेपाली संघले गोर्खा, लम्जुङ, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली र सोलुखुम्बु गरी १३ जिल्लाका बिभिन्न गाउँविकास समितिमा पुगेर राहत वितरण गरेको छ ।

भूकम्प प्रभावितहरूलार्इ राहत वितरण गर्ने क्रममा एनअारएनका पदाधिकारीहरू
भूकम्प प्रभावितहरूलार्इ राहत वितरण गर्ने क्रममा एनअारएनका पदाधिकारीहरू

एनआरएनले नेपाल सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यलयसँग समन्वय र सहकार्य गरी वास्तविक पीडितसमक्ष आफैले राहत पुर्‍याएको हो ।

‘यो बिषम परिस्थीतिमा हामीले निकै ठूलो जोखिम उठाएर पीडित दाजुभाई दिदीबहिनीसमक्ष आफ्नै हातले राहत पुर्‍याउने प्रण गरेका थियौं’ एनआरएन अध्यक्ष घलेले भनेे-‘निकै कठिनाईका बाबजुद हामीले वास्तविक पीडित समक्ष पहिलोपटक राहत पुर्‍याउन पाउँदा निकै सन्तोष मिलेको छ ।’

अब पुनःनिर्माण अभियानमा

आपतकालीन राहत वितरण समापन भएको घोषणा गर्दै अध्यक्ष शेष घलेले अब पुनःनिर्माणमा केन्द्रित हुने जानकारी दिए ।

‘हामीले ३५ करोड रुपैयााको लागतमा भूकम्पपीडितका लागि एक हजार घर निर्माण गर्ने घोषणा गरेका छौं’ अध्यक्ष घलेले भने-‘त्यसको ठोस खाका तयार गर्न हामीले सरकार, विभिन्न गैरसरकारी संस्था र स्थानीय जनतासागको छलफललाई तिब्रता दिइरहेको छौं ।’

सरकारको नीति र स्थानीयवासीको आबश्यकतालाई ध्यान दिादै गैरआवासीय नेपाली संघलाई राष्ट्र पुनःनिर्माणको साझेदारका रुपमा अगाडी बढाउने अध्यक्ष घलेले जानकारी दिए ।

मुलुक महावितपमा परेका बेला गैरआवासीय नेपाली संघले अहिलेसम्मकै ठूलो परोपकारी अभियान सञ्चालन गरेर नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक बनाएको भन्दै अध्यक्ष घलेले यो अभियानमा सहभागी बिश्वभर रहेका सवै गैरआवासीय नेपालीप्रति आभार प्रकट गरे ।

यस्तो विषम परिस्थीतिमा राहत बितरण प्रकृयालाई सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, सुरक्षा निकाय, बिभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी तथा सयौंको संख्यामा बिभिन्न देशबाट आउनुभएका गैरआवासीय नेपाली स्वयंसेवक र संचारमाध्यमप्रति अध्यक्ष घलेले हार्दिक आभार प्रकट गर्नुएको छ ।

आपतकालीन राहत बितरण सकिए पनि मातृभूमी नेपाललाई भूकम्पको पीडाबाट तंग्रिन अझै ठूलो सहयोग जरुरी रहेको भन्दै अध्यक्ष घलेले आफ्नो सीप र पूँजीलाई राष्ट्र पुनःनिर्माणको अभियानमा लगाउन संसारभरीका गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । यो प्रकृयामा गैरआवासीय नेपाली संघले नेतृत्व र सहजीकरण गर्ने उहाँले विश्वास दिलाएको गैरआवासीय नेपाली संघको सचिवालय काठमाडौंले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment