Comments Add Comment

वनको जग्गामा बसेका सुकुम्बासी आत्तिए

सलमान खान
१२ जेठ, भैरहवा । विगत ३ पुस्तादेखि बसोवास गर्दै आइरहेका रुपन्देही विष्णुपुराका वासिन्दालाई अहिले विस्थापित गर्न खोजिएको छ । वनको जग्गा अतिक्रमण गरेर बसेको भन्दै वन उपभोक्ता समितिले विष्णुपुरा वार्ड नम्बर ४ र ९ का सुकुम्वासी वासिन्दालाई विस्थापित गर्न खोजेको गाउँलेहरुले बताएका छन् । उक्त दुई वडाको  जनसंख्या १ हजारभन्दा बढी छ ।

urdi-patra

विस ०२० सालमा तत्कालीन राजा महेन्द्र शाहका पालादेखि जग्गा जमिन नभएका व्यक्तिहरु विष्णुपुरा वार्ड नम्बर ४ र ९ बसोवास गरेको स्थानीय बताउँछन् ।

विष्णुपूरा वार्ड नम्बर ४ र ९ मा केही नागरिकहरुले बसोवास गरेपछि विस २०२० सालमै वन कार्यालयले विष्णुपुरा वार्ड नम्बर ४ र ९ को जग्गा नापी गराएको थियो । तर, नापी भइसकेपछि वनका कर्मचारीहरुले भनेजस्तो भएन भन्दै सबै जग्गा वनमै राखेको त्यहाँका बासिन्दा बताउँछन् ।

त्यसपछि ०२१ सालमा केही व्यक्तिहरुले सोही जग्गाको आँकडा फार्म पनि भरेका थिए । ‘गाउँको नाप जाँच गरेर गए, तर केही भएन । सबै गाउँले खेत जोतभोग गर्दै आइरहेका थिए, समय बित्दै गयो,’ वनउपभोक्ता समितिका एक पूर्वसदस्यले अनलाइनखबरसँग भने- त्यतिबेलैदखि हामीले बसोवास गरेर जोतभोग गर्दै आइरहेका थियौँ त्यसपछि ०५२ सालमा सुकम्वासी समस्या समाधान आयोग बुटवलले सबै गाउँलेहरुलाई सुकुम्वासी प्रमाणित गरी परिचय पत्र दियो ।

त्यसैगरी ०५२ सालमा श्री सगरहवा सामुदायिक वन उपभोक्ता समुह पनि गठन भएको थियो । ०५२ सालमै पुन गाउँको नापी भयो र उही पहिले भनेझै फेरि वन कर्मचारीहरुले खेतीयोग्य जग्गा वनमै राखेर नक्सा तयार पारे ।

पुन २०७१ साल मंसिरमा गाउँको नापी गरी पहिले झै गरेर वन कर्मचारी र वन उपभोक्ता समुहका केही पदाधिकारीहरु मिलेर पुन सो जग्गा वनको जग्गामा राखी नक्सा तयार पारेको उनी बताउँछन् ।

उपभोक्ता समितिको उर्दी

गत मंसिरको नापीपछि वन उपभोक्ता समुहले आव ०७१/०७२ मा वृक्षारोपण गर्ने कार्यक्रम रहेकाले ०७१ साल चैत २४ गते २१ दिनभित्र वन क्षेत्र खाली गर्ने भनी उर्दी जारी गरेको थियो ।
niraman-ma-rok-lageyko-patra(1)
स्रोतका अनुसार वन उपभोक्ता समुहका उच्च पदाधिकारीहरुले गाउँसमेत रहेको खेतीयोग्य जग्गामा वृक्षारोपण गरी अहिले वनमा आउने बजेटभन्दा थप बढी बजेट निकासा गराई भ्रष्टाचार गर्नका लागि गाउँललेहरुलाई विस्थापित गर्न खोजिएको त्यहाँका बासिन्दाको आरोप छ ।

अहिले पनि उपभोक्ता समितीले वनमा अवैध रुपमा रुखको फँडानी विक्री गर्ने गरेको गाउँलेहरु आरोप लगाउँछन् ।

नेताको दौडधुप

वन उपभोक्ता समुहका अध्यक्ष रुद्रनारायण यादव, उपाध्यक्ष वासली नाउँ, कोषाध्यक्ष मयुरा भर, सचिव रामलाल यादव, कार्यालय सचिव रामचन्द्र यादव र पूर्वगाविस अध्यक्ष असुल्लाह मुसलमान गाउँलेहरुलाई विस्थापित गराउनमा दौडधुप गरिरहेको स्रोतले बतायो । दौडधुपमा अधिकांश नेपाली कांग्रेसका नेताहरु लागिपरेको बुझिएको छ । उपभोक्ता समुहका अध्यक्ष नै कांग्रेसका नेता हुन् ।

यसैवीच उपभोक्ता समुहले गाविस कार्यालयबाट पाउँदै आएको सेवा सुविधा समेत रोक्का लगाइदिएको कारण आफुहरु माथि धेरै अत्याचार भएको गाउँललेहरुले दुःखेसो पोखे ।

समुहले यति मात्र नभई वर्षाले समान्य वा बढी भत्किएको घरलाई पनि पुन निर्माण गर्न नदिएको विष्णुपुरा ९ का ओली रहमानले बताए ।

उपभोक्ता समितीका पदाधिकारीहरुले घर पुननिर्माण वा जग्गामा जोतभोग गरेमा जेलभित्र लगेर हालदिने धम्की दिने गरेको उनले बताए ।

अब हामी कहाँ जाने ?

हामीलाई पहिला ऐलानी जग्गामा बसोवास गर भन्ने, अहिले ५० वर्षपछि आएर यो वनको जग्गा हो, यो खाली गर भन्न पाइन्छ ? वन उपभोक्ता समितीका पूर्वसदस्य सोमन प्रसाद पासीले अनलाइनखबरसँग भने- हाम्रा हजुरबुवा र हामीले आफ्नो खुन पसिना यही माटोमा बगाएका छौँ , अब हामी बालबच्चा लिएर कहाँ जाने ? सरकारले जवाफ दिनु पर्‍यो ।

‘मेरा छोराहरु भारतको दिल्ली, मुम्बईलगायतका ठाँउमा पैसा कमाएर घर बनाएका छौँ, हामीलाई २०५२ सालमा सुकुम्बासी आयोगले टोकन पनि दिएको छ, सरकारले हामीबाट घरधुरी कर समेत लिई रहेको छ, मिनमिनवाका ९० वर्षीय वृद्धा रामलखन थारुले अनलाइनखबरसँग भने, ‘आज आएर सगरहवा बन समुदायिक वन उपभोक्ता समुहले हामीलाई उठाउन भनेर उर्दी जारी गरेको छ, हामी अब कहाँ जाने ? के खाने ? सरकारले बरु हामीलाई गोली हानोस् तर, अब हामी यहाँवाट कही जादैनौँ ।

हामीले केही गरेका छैनौँ

श्री सगरहवा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रुद्रनारायण यादवले जिल्ला वन कार्यालय रुपन्देहीको निर्देशनमा आफुहरुले जग्गा खाली गर्न सूचना जारी गरेको बताए ।  आफुहरुको जग्गा खाली गराउन नखोजेको उनले बताए ।

खेतीयोग्य जोतभोग, घर निर्माण, पुन निर्माण वा अन्य कुनै काममा समुहले कुनै रोक नलगाएको र नलगाउने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment