+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उपेन्द्र यादवलाई अध्यक्ष बनाउन अशोक राई तयार

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २६ गते १८:५३

upendra-yadav-and-Ashok-Rai

२६ जेठ, काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले उपेन्द्र यादवलाई पार्टीको अध्यक्षता सुम्पने सहमति जनाएका छन् । जेठ ३२ गते उपेन्द्रको अध्यक्षतामा दुई पार्टीवीच औपचारिक एकताको घोषणा हुने भएको छ । सोमबार राजधानीमा बसेको संघीय समाजवादी पार्टीको स्थायी कमिटि बैठकले उपेन्द्र यादवलाई अध्यक्ष मानेर पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमवीच पार्टी एकता भएपछि गठन हुने नयाँ पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल रहने छ ।

हाल संघीय समाजवादीका अध्यक्ष रहेका राई पार्टी एकीकरणपछि बरिष्ठ नेताका रुपमा रहने छन् । दुबैतिरका केन्द्रीय सदस्यहरुलाई पनि आपसमा मिलाइने भएको छ ।

पार्टी एकीकरणपछि ‘संघीय समाजवादी फोरम नेपाल’ संविधानसभामा पाँचौं ठूलो दल बन्ने छ ।

अशोक राईको नेतृत्वमो सोमबार बसेको बैठकले ३० दलीय मोर्चालाई नयाँ ढंगले पुनसंरचना गर्ने निर्णय गरेको छ । सोमबार राति ४ दलवीच भएको सहमति असंवैधानिक भएको ठहर गर्दै यसको भत्सर्ना गर्ने बैठकले निर्णय गरेको संघीय समाजवादीका एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।

नयाँ रणनीति बनाउँदै जनजाति र मधेसी

Madhes + janjati

यसैवीच सोमबार मध्यराति चार दलले १६ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि जनजाति र मधेसकेन्दि्रत दलहरु असन्तुष्ट बनेका छन् । केही मधेसी नेताले मंगलबार मधेसका केही जिल्लामा चार नेताको पुत्ला जलाउने तयारी गरे पनि अन्ततः राजधानीमा दिउँसो बसेको संयुक्त बैठकले संयमित भएर अघि बढ्ने निर्णय गरेको छ ।

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाबाट एमाओवादी र लोकतान्त्रिक फोरम सहमतिको पक्षमा गइसकेपछि मंगलबार दिउँसो बसेको २८ दलको बैठकले १६ बुँदे सहमतिलाई प्रतिगमनको थालनी भन्दै कडा विरोध जनाउने निर्णय गरेको छ ।

सोमबारको बैठकपछि २८ दलका तर्फबाट महन्थ ठाकुरले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा भनिएको छ,’१६ बुँदे प्रस्तावप्रति हाम्रो गम्भीर आपत्ति छ, कथित यो सहमति प्रतिगमनको सुरुवात हो ।’

तमलोपाका अध्यक्ष समेत रहेका ठाकुरद्वारा जारी वक्तव्यमा १६ बुँदे सहमति अन्तरिम संविधानको धारा १३८ विपरीत भएको र यसले देशलाई विकट आन्तरिक द्वन्द्वमा फसाएको ठहर गरेको छ । यस्तो सहमति आफूहरुलाई कदापी स्वीकार्य नहुने ठाकुरको वक्तव्यमा उल्लेख छ ।

बदलिँदो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे सोमबार मधेसवादी दल र जनजाति पार्टीहरुले संयुक्त रुपमा छलफलको आयोजना गरेका थिए ।

कांग्रेस, एमाले, एमाओवादी र विजय गच्छदारसँग संघर्ष गर्नु चुनौतीपूर्ण हुने भन्दै २८ दलका अध्यक्षहरुले विहीबार अध्यक्षस्तरीय संयुक्त बैठक बस्ने निर्णय गरेका छन् । सो बैठकले भावी रणनीति तय गर्ने स्रोतले बतायो ।

विशेष गरी अशोक राई, उपेन्द्र यादव र कुमार लिङदेनको समूहले नयाँ खालको आन्दोलनमा जाने गृहकार्य थालेको स्रोतले बतायो ।

यो पनि पढ्नुस्

१६ बुँदेबाट माओवादी, मधेसी र जनजातिले के पाए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?