+

राष्ट्रिय कबड्डीको उपाधि एपीएफ र आर्मीलाई

२०८२ माघ  १६ गते २२:५७ २०८२ माघ १६ गते २२:५७
राष्ट्रिय कबड्डीको उपाधि एपीएफ र आर्मीलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलको एपीएफ क्लबले २१ औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
  • त्रिभुवन आर्मी क्लबले २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेको छ।
  • महिलातर्फ एपीएफकी रविना चौधरी र पुरुषतर्फ आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भएका छन्।

१६ माघ, काठमाडौं । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१ औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् । महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपीएफले आर्मीलाई २४–२० को अंकमा हरायो ।

पुरुषको फाइनलमा आर्मीले एपीएफलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयको खेल ३८–३८ अंकमा सकिएको थियो ।

महिलातर्फ एपीएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई गृहमन्त्री ओमप्रकाश अर्याल र राखेपका सदस्यसचिव राम चरित्र मेहता, आयोजक अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले पुरस्कार प्रदान गरे ।

राष्ट्रिय कबड्डी प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय