+

श्रीलंकामा भएको कर्मा फाइट लिगमा कोसिस र युगिनको सानदार जित

२०८२ माघ  १६ गते २३:३८ २०८२ माघ १६ गते २३:३८
श्रीलंकामा भएको कर्मा फाइट लिगमा कोसिस र युगिनको सानदार जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली एमएमए फाइटर कोसिस राजभण्डारीले श्रीलंकामा केएफएल-कर्मा फाइट लिगमा भारतका सुर्यलाई टिकेओमा पराजित गरे ।
  • एमएमए र किकबक्सिङ खेलाडी युगिन शर्माले श्रीलंकाकी साइनीलाई सहजै पराजित गरिन् ।
  • कोसिस र युगिन दुवै रेज फाइट टिमका खेलाडी हुन् ।

१६ माघ, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस राजभण्डारी र युगिन शर्माले श्रीलंकामा भइरहेको केएफएल-कर्मा फाइट लिगमा जित हात पारेका छन् ।

केएफको को-मेन इभेन्टको रुपमा रहेको मिडलवेइट बाउटमा कोशिले भारतका सुर्यलाई पराजित गरेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको फाइटकमा कोसिसले सुर्यलाई टिकेओमा हराए ।

कोसिको प्रतिद्वन्दी सुरुमा अर्कै फाइटर थिए तर उनी घाइते भएपछि उनको स्थानमा सुर्यले खेल्ने केही दिनअघि मात्र तय भएको थियो ।

अन्तिम समयमा पनि आएर फाइटमा सहभागि भएको भन्दै कोसिसले सुर्यलाई धन्यवाद दिए । कोसिसले जितपछि दोस्रो पटक पनि आफूलाई फाइटको अवसर दिएको भन्दै धन्यवाद दिए र आफूले यस पटक नकआउट गर्ने वाचा पूरा गरेको बताए । कोसिसले १ लाख श्रीलंकन रुपैयाँ पुरस्कार प्राप्त गरे ।

कोसिस एमएमए र किकबक्सिङ प्लेअर हुन् ।

यस्तै एमएमए र किकबक्सिङ खेलाडी युगिनले श्रीलंकाकी साइनीलाई सहजै पराजित गरिन् । हाइट एडभान्टेज पाएकी युगिनले पनि साइनीलाई नकआउट गरिन् ।

सुरुमा युगिनले पाकिस्तनकी बुस्रा अख्तरसँग खेल्ने तय थियो तर बुस्रा घाइते भएपछि उनको स्थानमा साइनीले खेलेकी हुन् ।

दुवै जना रेज फाइट टिमका खेलाडी हुन् ।

कर्मा फाइट लिग कोसिस राजभण्डारी युगिन शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय