Comments Add Comment

ज्ञानेन्द्रकी छोरीको जग्गा सर्वोच्च अदालतले फिर्ता गरायो

६ असार, काठमाडौं । सर्वोच्च अदालतले नेपाल ट्रष्टमा राखिएको छाउनीस्थित अर्बौं मूल्य पर्ने करिब १५ रोपनी जग्गा पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाका नाममा फिर्ता हुने गरी फैसला सुनाएको छ ।

prerana-shahगणतन्त्र आएपछि सरकारीकरण गरिएको पूर्व राजपरिवारको अर्बौंको सम्पत्ति फिर्ता गराउने आदेश दिनेमा प्रधानन्यायधीश रामकुमार प्रसाद शाह र न्यायाधीश चोलेन्द्रसमशेर जबरा आफैं अघि सरेका छन् ।

पूर्वराजा वीरेन्द्रको सो सम्पत्ति गणतान्त्रिक सरकारको मन्त्रिपरिषद बैठकले सरकारको मातहतमा ल्याएको थियो ।
तर, अदालतले पूर्वराजपरिवारको सम्पत्ति फिर्ता गराएपछि अब ट्रष्टमा रहेको अरु जग्गा जमीन पनि फिर्ता हुने नजीर बनेको छ ।

आफ्ना बुबा तत्कालीन राजा ज्ञानेन्द्रलेे दाइजो बकस दिएको जग्गा सरकारी ट्रष्टमा राखिएको भन्दै प्रेरणाले सरकारविरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, त्रोनेन्द्रले प्रेरणालाई दिनुअघिसम्म यो जग्गा पूर्वराजा वीरेन्द्रको थियो ।
आइतबार प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमशेर जबराको संयुक्त इजलासले प्रेरणाको पक्षमा फैसला सुनाएको हो ।

तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति ट्रष्टमा ल्याउने निर्णय भएको देखिएको भन्दै अदालतले सरकारको विपक्षमा फैसला सुनाएको हो ।

तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी ०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएको थियो । त्यसपछि ज्ञानेन्द्र राजा भएपछि वीरेन्द्रको सम्पत्ति उनले आफ्नो परिवारका नाममा सारेका थिए ।

ज्ञानेन्द्र राजा भइसकेपछि ०५९ माघ १० गते प्रेरणाको विवाह राजबहादुर सिंहसँग भएको थियो । तर, ०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेपछि सरकारले वीरेन्द्र र उनको परिवारको सम्पत्ति नेपाल ट्रष्टमा ल्याउन सुरु गर्‍यो । त्यही क्रममा छाउनीको सो जग्गा वीरेन्द्रको भएको ठहर गर्दै मन्त्रिपरिषद ०६७ असोज ८ मा नेपाल ट्रष्टमा ल्याउने निर्णय गरेको थियो ।

तर, सरकारले गरेको निर्णयलाई अटेर गर्दै प्रेरणादे सो जग्गा कब्जा गरिरराखेकी थिइन् । राजपरिवारको सम्पत्ति राष्ट्रियकरण गरी सरकारको स्वामित्वमा ल्याउन नेपाल ट्रष्टले भरमग्दुर प्रयास गर्दा पनि सकेको थिएन । ०७० साल माघमा तत्कालीन गृहमन्त्री माधव घिमिरेले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसमक्ष छाउनीको जग्गा ट्रष्टमा ल्याउन नसकिएको गुनासोसहित प्रतिवेदन बुझाएका थिए ।

हेर्नुहोस् यससम्बन्धी रिपोर्ट: ज्ञानेन्द्रकी छोरीले गरिन् घरजग्गा कब्जा

‘श्री पाँच महाराजधिराज’ नारायणहिटी राजदरबारका नाममा रहेको छाउनीको उक्त जग्गालाई पनि नेपाल ट्रष्टकै नाममा ल्यायो । तर, प्रेरणाले आफूलाई बाबुले दाइजो दिएको भन्दै ०७१ माघ २५ गते अदातलमा मुद्दा हालिन् ।

कित्ता नम्बर २५ को उक्त जग्गा काठमाडौं महानगरपालिका १३ छाउनीमा छ । ०७६६४.६० बर्गमिटर क्षेत्रफल भएको उक्त जग्गाको मूल्य अर्बौं पर्छ ।

अदालतको फैसलापछि पत्रकार किशोर श्रेष्ठले सामाजिक सञ्जलामा प्रतिक्रिया दिँदै भनेका छन्-‘घर जान १७ दिन बाँकी हुँदा गरिएको यस्तो फैसलाबाट कम्तिमा दुई पुस्तालाई बसिबसी खान पुग्ने बिज्ञहरुको ठहर । रणबहादुर बमलाई बित्थामा महाअभियोग लगाउन तम्सने ५९९ सभासद, के हेरी बस्छौ हाकाहाकी लुटमारका यस्ता प्रकरणमा ! जय लोकतन्त्र, जय न्यायालय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment