+
+
Shares

राजेशले लिएनन्, राजु र हिमालले पारिश्रमिक लिइदिदा भूकम्प पीडितलाई शुन्य

आयोजक मध्येका एकका अनुसार रकम दिने पहिले नै पक्का भएको थियो । तर, भूकम्पपछि कार्यक्रम परिमार्जित गरिएको र पारिश्रमिक नलिइदिन आग्रह गर्दा पनि राजु र हिमालले मानेनन् । गायक लामा कार्यक्रम सकेर जर्मन पुगेका छन् भने हिमाल नेपाल फर्किएकबा छन् । हमाल भने पत्नी मधु भट्टराइको साथमा साइप्रसमा नै छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ११ गते ११:००

rajesh-hamal-in-cyprus
वसन्त रानाभाट, स्पेन
साइप्रसको लिमासोलमा आयोजना भएको ‘सेभ नेपाल च्यारिटी म्यूजिकल कन्सर्ट’ भव्य रुपमा सम्पन्न भएपनि भूकम्प पीडितका लागि भने रकम संकलन शुन्य जस्तै भएको छ । भूकम्प पीडितहरुका लागि  जुटेका कलाकारले नै पारिश्रमिक लिइदिएपछि यस्तो अवस्था आएको हो ।

यो कन्सर्टमा नायक राजेश हमाल पनि सहभागी थिए । तर, उनले कुनै पनि पारिश्रमिक लिएनन् । गायकद्धय राजु लामा र हिमाल सागरले पारिश्रमिक लिएपछि भूकम्प पीडितका लागि शुन्य जस्तै रकम संकलन भएको हो ।

स्पेनबाट नै सहभागी भएका गायक तुलसी शिवाकोटीले पनि पारिश्रमिक लिएनन् । स्वयंमसेवक बाहेक टिकट नै काटेर ७ सय दर्शकहरु सहभागी हुँदा करिब १४ हजार यूरो जम्मा भएको थियो । कन्सर्टको टिकट शुल्क २० यूरो राखिएको थियो ।

भूकम्प पीडितका लागि कती रकम जुट्यो त भन्ने अनलाइनखबरकर्मीको पं्रश्नमा आयोजक मध्येकी एक याङ्की हृाल्मोले भनिन्-‘हलको भाडा मात्र ३५ सय यूरो थियो । कलाकारको भिसा प्रोसेस, प्लेन भाडा, ३ दिनसम्म होटल खर्च र त्यसमाथि पनि कलाकारले पारिश्रमिक लिइदिएपछि कती बच्छ तपाई आफै भन्नुहोस् ।’

नेपाली विद्यार्थी कल्याण संघ साइप्रसले कार्यक्रमको आयोजना भूकम्प जानु भन्दा अगाडि नै तय गरेको थियो । तर, भूकम्प गएपछि ‘सेभ नेपाल च्यारिटी म्यूजिकल कन्सर्ट’ नामले कार्यक्रम परिमार्जित गरिएको थियो । आयोजकका अनुसार नायक हमालले भूकम्प अगाडि नै आफू निशुल्क रुपमा कार्यक्रममा सहभागी हुने बताएका थिए । राजु र हिमालले भने पहिले नै पक्का गरिएको रकम लिएका हुन् । उनीहरुले लिएको रकम खुलाइएको छैन ।

आयोजक मध्येका एकका अनुसार रकम दिने पहिले नै  पक्का भएको थियो । तर, भूकम्पपछि कार्यक्रम परिमार्जित गरिएको र पारिश्रमिक नलिइदिन आग्रह गर्दा पनि राजु र हिमालले मानेनन् । गायक लामा कार्यक्रम सकेर जर्मन पुगेका छन् भने हिमाल नेपाल फर्किएकबा छन् । हमाल भने पत्नी मधु भट्टराइको साथमा साइप्रसमा नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?