Comments Add Comment

बुढेसकालमा पनि घट्दैन यौनको प्यास र मिठास

elderly_couple

के बुढापाकाहरुको पनि यौन जिवन हुन्छ ? के उनीहरु पनि सेक्समा रुची राख्दछन् ?

यो एउटा यस्तो प्रश्न हो जसको बारेमा कोहीपनि कुरा गर्न चाहँदैन, बुढापाकाहरु समेत ।

यो प्रश्नको उत्तर खोज्ने प्रयास धेरै पटक नभएको होइन । तर प्रश्न धेरै हदसम्म अनुत्तरित तथा विवादास्पद नै छ । तर पछिल्लोपटक गरिएको एक अध्ययनले बुढेसकालको यौन जिवनका विषयमा केही गहकिला तथ्यहरु बाहिर ल्याएको छ ।

बेलायतको म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुले हालै गरेको एक अध्ययन अनुसार ७० वर्ष उमेर कटिसकेका मध्ये ५४ प्रतिशत पुरुष तथा ३१ प्रतिशत महिलाहरु सेक्सको मामिलामा सक्रिय हुन्छन् ।

रोयल कलेज अफ नर्सिङमा कार्यरत वृद्धावस्था विषयकी सल्लाहाकार डनी ग्यारेट भन्छिन्, ‘मानव स्पर्श तथा सेक्स मनुष्यको आधारभुत आवश्यकता हो ।’

old_couple

यसको कारण खोज्दै कलाकार लुइ बाइबर भन्छन्, ‘उमेरको विषयलाई लिएर अहिलेपनि एक प्रकारको पुर्वाग्रह छ । हामीले वृद्धवृद्धाहरुलाई उनीहरुकै रुपमा नहेरेर यस्तो ठान्छौँ की उनीहरुको सबै चिज खत्तम भैसक्यो ।’

कलाकार लुइ आफ्नो कलाको माध्यमबाट बढ्दो उमेर तथा सेक्सका मसलाहरुलाई उठाइरहन्छन् ।

म्यानचेष्टर विश्वविद्यालयले आफ्नो शोधका क्रममा अर्को तथ्य पनि फेला पारेको छ । त्यस अनुसार ३९ प्रतिशत पाका पुरुष तथा ३२ प्रतिशत पाका महिलाहरु सेक्सका क्रममा उत्तेजनाको विषयलाई लिएर समस्या भोग्दछन् ।

त्यस्तै बुढेसकाल लागिसकेका ३१ प्रतिशत पुरुष तथा २० प्रतिशत महिलाहरु आफ्नो जिवनसाथीलाई पटक पटक चुम्बन गरेर प्रेम प्रकट गर्दछन् ।

old_couple_kissing

कलाकार लुइका अनुसार वृद्धवृद्धाहरुका लागि विशेष रुपले बनाइएका वृद्धाश्रमहरुमा बुढाबुढीहरुको यौनजिवनको विषयमा कसैले कुनैपनि चर्चा तथा ध्यान दिइँदैन । समस्या वृद्धवृद्धाहरुमा होइन की उनीहरुको हेरविचार गर्ने तथा स्याहार सुसार गर्नेहरुमा छ । किनकी उनीहरु बुढाबुढीहरु सेक्सका कुरा गर्न मन पराउँछन् भन्ने ठान्दैनन् ।

लुइ भन्छन्,’भलै बुढाबुढीहरु लामो समयदेखि सहवास गर्न नपाएका वा नसकेका होउन् तर उनीहरु जिउँदै त छन् । उनीहरुका कल्पना, हास्यबोध तथा रसरँग गर्ने आनीबानी ज्युँ का त्युँ हुन्छ । अश्लील चुटि्कला तथा कथाहरुका साथै यौनका प्रसँगहरु सुुन्ने र भन्ने भोक उनीहरुमा तिब्र हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment