Comments Add Comment

हिन्दी चलचित्रका हिमायतीले गर्दा तोडियो संझौता : निर्माता संघ

nirmata-sang-press-releaseनेपाल चलचित्र निर्माता संघले चलचित्र संघसँगको सहकार्य आजैका मितिबाट तोडेको घोषणा गरेको छ । नेपाली चलचित्रमा देखिएका समस्याहरुलाई दुई संघले मिलेर समाधान गरेको अवस्थामा हिन्दी चलचित्रका हिमायतीहरुले देखाएको रवैयाका कारण संझौता तोडिएको महासचिव केशव भट्टराइद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

चलचित्र निर्माता संघ र चलचित्र संघविच असार र साउनमा चलचित्र प्रदर्शन गर्ने निर्मातालाई ६० प्रतिशत दिने सहमती भएसँगै कार्यदल पनि बनेको थियो । तर, आइतबार चलचित्र संघबाट बनेको कार्यदलले अध्यक्ष नकिम उद्दिनले नै असहयोग गरेको भन्दै राजिनामा दिएको थियो ।

यस बिषयमा आफ्नो मुख खोल्दै निर्माता संघले हिन्दी चलचित्रका हिमायतीहरुले मल्टिप्लेक्समा यो सुविधा नदिने भनाई राखेकोमा खेद प्रकट पनि गरेको छ । नेपाली चलचित्रको विकासका लागि सबैजना लाग्नुपर्ने अवस्थामा चलचित्र संघ जस्तो जिम्मेवारी संस्थाले देखाएको व्यवहारका कारण निर्माता संघले सहकार्य तोडेको बताएको छ ।

मल्टिप्लेक्समा नेपाली चलचित्रलाई ६०  प्रतिशत शेयरको  सुविधा नदिने भन्दै चलचित्र संघका अध्यक्ष नकिम उद्दिनले अडान राखेका थिए । जसका कारण चलचित्र संघको तर्फबाट बनेको कार्यदलले राजिनामा दिएको थियो । काठमाण्डौको क्यूएफएक्स संचालन गर्दै आएका उद्दिनको अडानले नेपाली चलचित्रबाट आम्दानी गरिरहेका हलहरु मर्कामा परेका छन् ।

अर्कोतिर, निर्माता संघले चलचित्र संघसँग सहकार्य तोडिएको घोषणा गरेसँगै अब दुई संघविच शितयुद्ध पनि सुरु भएको देखिन्छ ।

हलका अध्यक्षले नै ६० प्रतिशत दिन नमानेपछि कार्यदलले दियो राजिनामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment