Comments Add Comment

मुस्ताङमा भारतीय पर्यटक बढ्दै

१४ असार, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । भूकम्पका कारण एक महिना ठप्प बनेको यस क्षेत्रमा भारतीय पर्यटकको चहलपहलले पर्यटन व्यवसायी राहतको महसुस गर्न थालेका छन् ।

Jomsomबेनी-जोमसोम सडक एक महिना पछि असार ९ गतेदेखि सञ्चालनमा आएपछि सडक र हवाई मार्ग हुँदै यहाँ आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

पोखरा-जोमसोमको हवाई रुटमा अनुकूल मौसमको समयमा दैनिक ४० देखि ५० जनाको हाराहारीमा भारतीय पर्यटक आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका पर्यटन सहायी बेल पुनले जानकारी दिए ।

उनका अनुसार, ७६ किलोमिटर बेनी-जोमसोम सडक सञ्चालनमा आएदेखि सडक मार्ग हुँदै जाने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । कालीगण्डकीको किनार कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिरमा पूजापाठका लागि वैशाखदेखि असोजसम्म भारतीय पर्यटकको चहलपहल बढी हुने एक्यापले जनाएको छ ।

‘पूजापाठका अतिरिक्त घुमघाम, यहाँको कलासंस्कृतिको अध्ययन र प्राकृतिक सुन्दरतामा रमाउन भारतीय पर्यटक आउने गरेका छन्, मुक्तिनाथप्रति उनीहरुको गहिरो विश्वास छ’ पर्यटन सहायक पुनले भने । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा भारतीय पछि अमेरिकी र स्विस नागरिक आउने क्रम बढेको छ । उनीहरु खासगरी लोमान्थाङ क्षेत्रको भ्रमणका लागि आउने गरेको एक्यापले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment