Comments Add Comment

कृषिमा जीउ ठूलो भयो, हातखुट्टा साना भए : भरतमोहन

bharatmohan

१६ असार, काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले भारतबाट दुई अर्बको चामल किन्नु परेको भन्दै कृषिमा सरकारले अनुदान बढाउनुपर्ने बताएका छन् ।

व्यवस्थापिका संसदमा बुधबारदेखि सुरु भएको बजेट तयारीसम्बन्धी छलफलमा बोल्दै पूर्वमन्त्री अधिकारीले कृषिमा अनुदान बढाउनुपर्नेमा जोड दिए ।

‘दुई अर्ब चामल भारतबाट आइरहेको छ,’ एमाले सभासद अधिकारीले भने ‘सरकारले कृषिमा लगानी बढाउनुपर्छ । कृषि क्षेत्र जिऊ ठूलो र हात खुट्टा सानो भयो ।’

सभासद अधिकारीले अदुवा, जडिबुटी लगायतमा सरकारले अनुदान दिनुपर्ने बताए ।

देशभरिका ३० हजारभन्दा बढी सहकारीलाई पुनर्निर्माणका लागि भूमिका दिइनुपर्ने सभासद असिधकारीले बताए । कमैया, हलिया, महिला आदिलाई सहकारी खोल्न लगाएर उनीहरुलाई कृषिमा अनुदान दिनुपर्ने र सरकारी अनुदान विचौलियालाई नभई विपन्न समुदायसम्म पुर्‍याउनुपर्ने उनले बताए ।

अधिकारीले पनि कांग्रेस नेता पौडेलले जस्तै अर्थमन्त्री डा. रामशरण महतलाई लोक कल्याणकारी हुन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment