Comments Add Comment

नेफ्टा जुरीको नजरमा संगीत र नृत्य कमजोर, बढ्यो प्रतिस्पर्धा

nefta-juryy
कतारमा आयोजना हुन लागेको ‘आठौ नेफ्टा फिल्म अवार्ड’का लागि अहिले जुरीहरुले धमाधम चलचित्र हेरिरहेका छन् । चलचित्र संघको हलमा जुरीहरुले करिब ६५ भन्दा बढी चलचित्र हेर्नेछन् ।

आजसम्म दुई दर्जन चलचित्र हेरिसकेको आयोजकले जानकारी दिएको छ । नेपाल चलचित्र प्राविधिक संघले अन्तरराष्ट्रिय कलाकार मञ्च, कतारसँगको सहकार्यमा अवार्ड आयोजना गर्न लागेको हो ।

जुरी मध्येका एक भरत शाक्यका अनुसार नेपाली चलचित्रको स्तर गएका केही बर्ष भन्दा अहिले बढेको छ । दुई दर्जन चलचित्र हेरिसकेपछि अनलाइनखबरसँग कुरा गर्दै शाक्यले भने-‘२-४ बर्ष अगाडि भन्दा यो बर्ष चलचित्रको स्तरियतामा केही सुधार आएको छ । एकदमै झुर भन्दा चलचित्रको निर्माण केही माथि उठेको छ ।’

उनले अझै पनि संगीत र नृत्यको पाटोमा प्रतिस्पर्धा नभएको बताए । यी दुई विधामा अझै प्रतिस्पर्धीविच प्रतिस्पर्धा नभएको उनले बताए । तर, यी बाहेक अन्य विधामा भने नोमिनेशन निकाल्न सजिलो नभएको शाक्यको भनाई छ । कतारमा दशैपछि अवार्डको आयोजना गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment