Comments Add Comment

फेसबुकमा ‘रातो घर’ निर्देशक आधिकारिक

suraj-subba
केही नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकारको फेसबुक पेजलाई भेरिफाइड गरिएतापनि नेपाली चलचित्रका निर्देशक भने यो सूचीमा थिएनन् ।

तर, थोरै लाइक पेज रहँदा पनि निर्देशक सुरज सुब्बा ‘नाल्बो’को पेजलाई फेसबुकले आधिकारिता दिएको छ । उनको फेसबुकको फ्यान पेजमा ३ हजार फ्यान छन् ।

निर्देशक सुब्बाले पेज आधिकारिक भएकोमा खुशी व्यक्त गरे । नेपालमा उनी फेसबुक पेजमा आधिकारिकता पाउने पहिलो निर्देशक हुन् । उनले निर्देशन गरेको चलचित्र ‘रातो घर’को यूकेमा शो हुँदैछ ।

यसका लागि उनी केही समयपछि त्यता जाने तयारीमा छन् । सुरज सुब्बा नयाँ प्रविधी र इन्टरनेटमा खेल्न चाहने निर्देशन हुन् । उनको आफ्नै यूटुब च्यानल पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment