Comments Add Comment

युएईको इन्टरप्लास्ट कम्पनीका  नेपालीहरुद्वारा डेढ लाख सहयोग

युएई । नेपाली एकता समाज इन्टरप्लास्ट, युएईको पहलमा  इन्टरप्लास्ट कम्पनीमा कार्यरत  नेपालीहरुले १ लाख ६० हजार ७ सय ७० रुपयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।

भूकम्पपीडितहरुको लागि संकलन गरिएको राहत रकममध्ये संकलन भएको रकमको २० प्रतिसत रकम र नेपाली एकता समाज इन्टरप्लास्टको खातामा रहेको रकमको ५० प्रतिसत गरी ५ हजार ८ सय ४० दिराम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समाजका सचिब राजु भण्डारीले जानकारी दिए ।

नेपाली एकता समाज इन्टरप्लास्टले उक्त रकम पठाए पश्चात बाँकी रहेको १९ हजार ६ सय ६ मध्ये १८ हजार ३ सय ५६ दिराम भूकम्प पीडित बनेका इन्टरप्लास्ट कम्पनीमै काम गर्ने २८ सहयोगस्वरुप  प्रतिब्यक्ति ६ सय ५५ दिराम सहयोग प्रदान गरिएको सस्थाका कार्यबाहक अध्यक्ष भीमबहादुर थपलियाले जानकारी दिए । इन्टरप्लास्ट कम्पनीका सेक्सन प्रतिनिधिमार्फत उक्त रकम उपलब्ध गराइएको थियो ।

बिगत १५ साल पहिले स्थापना भएको नेपाली एकता समाज इन्टरप्लास्टले स्थापनाकालदेखि नै उक्त संस्थामा आबद्ध सदस्यहरुको बिदाई, सम्मान  र युएईमा सक्रिय रुपमा अरु संघसस्थासँग सहकार्य गर्दै आइरहेको छ ।

–दामोदर दाहालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment