Comments Add Comment

एप्पल म्याकबुकको सेल अफर, १० हजारसम्म छुट

Apple-MacBook

काठमाडौं । यदि तपाईं एप्पलको म्याकबुक खरिद गर्दै हुनुहुन्छ भने खुशीको खबर छ । एप्पल उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता ओलिज स्टोरले सेल अफर ल्याएको छ ।

यस अफरअन्तर्गत तपाईंले म्याकबुकको मोडल हेरिकन १० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्नुहुनेछ । कम्पनीले म्याकबुक प्रो र म्याकबुक एयर गरी दुई मोडलका १० भेरियन्टमा यस्तो छुट उपलब्ध गराएको छ ।

विनाशकारी भूकम्प आएपछि यी मोडलहरु नेपालमा भित्रिएका थिए । ‘भूकम्पपछि करिव २ महिना बजार ठप्प भयो, यही बिचमा कम्पनीले नयाँ मोडल सार्वजनिक गर्‍यो’ कम्पनीका लोकेस ओलीले भने- ‘स्टक क्लियर गरेर नयाँ मोडल ल्याउन यस्तो अफर ल्याएका हौं ।’

उपभोक्ताले नेपालमा म्याकबुक खरिद गरेपनि कम्पनीको साइटमा नयाँ मोडल कुन आएको छ भनेर हेर्ने गर्छन । यस्तो अवस्थामा नयाँ मोडल र पुरानो मोडलमा त्यति धेरै फरक नभएपनि उपभोक्ता नयाँ मोडल नै खोज्ने गर्छ ।

Model No. Specification MRP Sale Prise
MGX72 MacBook Pro 13.3 Inch, 2.6GHZ Processor, 8GB Ram, 128 GB Hard Drive 150000 144000
MGX82 MacBook Pro 13.3 Inch, 2.6GHZ Process0r, 8GB Ram, 256GB Hard Drive 175500 165000
MGX92 MacBook Pro 13.3 Inch, 2.8GHZ Processor, 8GB Ram, 512GB Hard Drive 205000 195000
MGXA2 MacBook Pro 15.4 Inch, 2.2GHZ Processor, 16GB Ram, 256GB Hard Drive 236000 229000
MGXC2 MacBook Pro 15.4 Inch, 2.5GHZ Processor, 16GB Ram, 512GB Hard Drive 295000 285000
MD101 MacBook Pro 13.3 Inch, 2.5/2X2GB/500/SD 131000 128000
MD711/B MacBook Air 11.6 Inch, 1.4GHZ Processer, 4GB Ram, 128GB Hard Drive 105000 97000
MD712/B MacBook Air 11.6 Inch, 1.4GHZ Processor, 4GB Ram, 256GB Hard Drive 126000 119000
MD760/B MacBook Air 13.3 Inch, 1.4GHZ Processor, 4GB Ram, 128GB Hard Drive 118000 112000
MD761/B MacBook Air 13.3 Inch, 1.4GHZ Processor, 4GB Ram, 256GB Hard Drive 139000 134000

सेलमा ९७ हजार रुपैयाँ देखि २ लाख ८५ हजार रुपैयाँसम्मका म्याकबुकहरु राखिएको छ । कम्पनीले मोडल हेरिकन तीन हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म छुट उपलब्ध गराएको छ ।

‘अब हामीसँग धेरै सेटहरु छैनन्, यी सेटहरु बिक्री गरेर छिट्टै नयाँ मोडल भित्राउँदै छौं’ ओलीले भने । पुरानो एप्पल कम्प्यूटरसँग पनि म्याकबुक साटफेर गर्न सकिने उनले जानकारी दिएका छन् ।

विदेशमा रहेका नेपाली उपभोक्ताले ओलिज स्टोरको वेभसाइटबाट आवश्यक ग्याजेट खरिद गरेर आफ्नो घरमा पठाइदिन सक्ने ओलीले जानकारी दिए । यसका लागि हिमालयन बैंकमा अनलाइन पेमेन्ट गर्ने सुविधा उपलब्ध गराइएको छ ।

यसका साथै पुरानो कम्प्यूटर अपग्रेड गर्ने सुविधा पनि ओलिज स्टोरमा उपलब्ध छ । ओलिज स्टोरले ग्याजेटहरु बिक्रीमात्र नभई ग्राहक सन्तुष्टीमा विशेष ध्यान दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment