Comments Add Comment

सडक दुर्घटनामा बढी बालबालिका किन मारिन्छन् ?

आयुषा दाहाल
हलिउड नायिका मिचेल नेपाल भ्रमणको शिलशिलामा नेपाल आएकी थिइन् । संयोगले हामी विद्यार्थीहरुमाझ आएकी मिचेलले सोधिन्-‘सडक सुरक्षाबारे थाहा छ ?’ मैले भने- ‘सडकमा हिँडडुल गर्दा ध्यान दिएर हिँड्ने र सुरक्षा अपनाउनु नै सडक सुरक्षा हो ।’
aayusha-सडकमा हिड्दा ध्यान दिनु मात्रै सडक सुरक्षा होइन, सडक पूर्वाधार निर्माणदेखि सडकसम्बन्धीका नीति नियमहरु सडक सुरक्षा भएको उनले बताइन् । मिचेलको कुराले हामी विद्यार्थीहरु सबैलाई झसँग बनायो । सडक पूर्वाधारहरु सडक सुरक्षाको दृष्टिकोणले निर्माण भएका छन् त, मैलै आफ्नै सरलाई प्रश्न गरेँ । अन्तर्राष्ट्रिय मान्यताअनुसार सडक संरचनाहरु निर्माण भए/नभएकोबारे हाम्रै शिक्षकहरुसमेत अनभिज्ञ हुनुहुन्छ ।

सडक सुरक्षाको बारेमा अन्तर्राष्ट्रिय स्तरमा कलाकारदेखि सामान्य नागरिकसम्म सचेत देखिन्छन् । तर नेपालमा भने बौद्धिक क्षेत्रका ब्यक्तिहरुसमेतलाई सुडक सुरक्षाको ज्ञान छैन । त्यसैले सडक सुरक्षाबारे बालबालिकादेखि वृद्धवृद्धा र बुद्धिजिवी तप्कालाई समेत सचेत गराउनु आवश्यक छ ।

सडक सुरक्षा भन्नाले सडकमा कसरी सुरक्षित भएर निर्धक्कसँग हिड्न, बाटो काट्न सकिन्छ भन्ने बुझिन्छ । सडक सुरक्षाका निम्ति अहिले विश्वका प्रख्यात ब्यक्तिहरु सक्रिय भएर यसको प्रचार प्रसारमा जुट्ने गरेका छन् । सडक सुरक्षाको सन्दर्भमा जानकारी लिनु अति आवश्यक छ । खासगरी सडक दुर्घटनाहरु अरु देशको तुलनामा नेपालमा बढी नै हुने गरेका छन् ।

सडक दुर्घटनाबाट वर्षेनी १३ लाखको मृत्यु

विश्वमा वर्षेनी १३ लाख मानिसहरुको सडक दुर्घटनाको कारण मृत्यु हुने गरेको छ भने दैनिक एक सय ५० जना मानिस सडक दुर्घटनाबाट नै मर्ने गर्छन् ।

नेपालमा यो वर्ष १२३ को मृत्यु

नेपालमा पनि पनि सवारी दुर्घटना अत्यधीक बढ्दो छ । नेपालमा सडक दुर्घटनामा परि वर्षेनी सैयौंको मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्त सम्ममा सडक दुर्घटनामा परी १ सय २३ जनाको मृत्यु भएको छ भने असार महिनामा थप ४ जनाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक अनुसार ४ हजार ५ सय ४९ वटा सवारी दुर्घटना भएका छन् । गत आर्थिक वर्षमा ४ हजार ६ सय ७२ वटा सवारी दुर्घटना भएको थियो भने १ सय ४३ जनाले ज्यान गुमाएका थिए । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भने दुर्घटनामा कमी आएको छ ।

नेपालमा खासगरी चालकको लापर्वाही र सडकको अवस्था कमजोर भएकै कारण दुर्घटना बढी हुने गरेको ट्राफिक प्रहरीका एसपी पोषराज पोखरेल बताउँछन् । एसपी पोखरेलका अनुसार नेपालको अधिकांश सडकको अलाइनमेन्ट मिलेको छैन । सडक अनलाइनमेन्ट नमिलेको र कमजोर सडकका कारण सवारी दुर्घटनाहरु हुने गरेको पोखरेलले बताए ।

विश्वमा सडक दुर्घटनाबाट कसको मृत्यु बढी ?

विश्वमै सडक दुर्घटनाको शिकार सवैभन्दा भन्दा बढी बालबालिका नै हुने गरेका छन् । विश्वमा एक लाख ८६ हजार ३ सय बालबालिकाको सडक दुर्घटनाको कारणले मृत्यु हुन्छ भने सडक दुर्घटनाबाट धेरै बालबालिकाहरु अपाङ्ग भएका छन् ।

सडक दुर्घटना निकै ठूलो समस्या बन्दै गएकोले सडक दुर्घटना कम गर्नेबारेमा विभिन्न मुलुकहरुमा छलफलहरु भइ नै रहेका छन् । गएको मे महिनामा विश्वका विकाशशील देशहरुले सडक सुरक्षा सप्ताह नै मनाएका थिए ।

सडक सुरक्षाबारे ब्राजिलमा विश्व सम्मेलन

सडक दुर्घटनाकै कारण वर्षेनी लाखौंको मृत्यु हुने भएकाले बेलाबेलामा अन्तर्राष्ट्रिय स्तरमा पनि छलफल र बहसहरु हुने गरेका छन् । विश्वमै सडक दुर्घटना एउट जटिल समस्या भएकाले संयुक्त राष्ट्र संघको आयोजनामा आगामी नोभेम्बर १८ र १९ तारिखमा ब्राजिलको ब्रासिलियामा दोस्रो मन्त्री स्तरीय विश्व सम्मेलन हुँदैछ ।

सम्मेलनमा सडक सुरक्षा सम्बन्धी योजनाहरु निर्माण गरिँदैछ । सडक दुर्घटना भयावह भन्दै गएको नेपालको लागि पनि यो एउटा राम्रो अवसर हुन सक्ने भएकाले यसतर्फ सरोकारवाले सडक दुर्घटना न्युनिकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा ज्ञान लिनु आवश्यक छ ।

सडक दुर्घटनाका कारणहरु

अधिकांश सडक दुर्घटना बाटोमा हिँड्ने बटुवाहरु बाटो काट्दा ध्यान नदिँदा नै हुने गरेका छन् । बाक्लो सवारी चल्ले ठाउँहरुमा सडक पार गर्न निश्चित ठाउँ छुट्याएको हुन्छ । बाटो बाट्नकै लागि बनाइएका जेब्रा क्रसिङबाट बाटो पार गर्नुपर्नेमा जथाभावी बाटो पार गर्दा दुर्घटना हुने गरेको छ । कतिपय अवस्थामा बटुवाले ध्यानपूर्वक तोकिएको टाउँबाट बाटो काट्दा पनि चालकको लापर्वाहीले पनि दुर्घटना हुने गरेका छन् । सवारी चलाउँदा सिट बेल्ट प्रयोग नगरिँदा, बाटोमा हिड्नेहरुले फुटपाथको प्रयोग नगर्दा अनि मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल यात्रुले हेल्मेट प्रयोग नगरिनु पनि सडक दुर्घटनाको कारण कारण बन्ने गरेका छन् ।

सवारी चालकले मदिरा सेवन गरी सवारी चलाउँदा हुने दुर्घटना पनि अत्याधिक छ । अत्याधिक मदीरा सेवन गरी गाडी हुँइक्याउने जस्ता चालकको लापवाहीले गर्दा नेपालमा अधिकांश दुर्घटना हुने गरेका छन् ।

हालसालै मैरै आँखा अगाडि दुई बालबालिकाले ज्यान गुमाए । तर, ती बालबालिकाको कारण नभई तिनका अभिभावकका कारण उनीहरुले ज्यान गुमाउनु पर्‍यो । एउटा मोटरसाइकलमा दुई जनाभन्दा बढी यात्रा गर्न मिल्दैन । तर दुई बालबालिकासहित चार जना एउटै मोटरसाइकलमा यात्रा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई बालबालिकाले ज्यान गुमाउनु पर्‍यो । यो त एउटा मैले प्रत्यक्ष देखेको प्रतिनिधि घटना मात्र हो । यस्तै लापर्वाहीको कारण धेरैले ज्यान गुमाउनु परेको छ ।

सडक सुरक्षा र सडक नियमहरु

नेपालमा सडकको अवस्था र यसबाट जान्नु पर्ने कुराहरु आम नागरिकलाई सूचित गराउनु निकै महत्वपूर्ण छ । सडक सम्बन्धी नियम तथा सडक सुरक्षाको बारेमा बाटो हिँड्ने जो कोहीलाई पनि सचेत गराउनु आवश्यक छ । सडकमा हिडडुल गर्दा तथा सडक पार गर्दा सचेततापूर्वक गर्ने हो भने दुर्घटना न्यूनिकरण हुन्छ ।

सडक सुरक्षा र यसका नियमहरुका निम्ति हामीले हरेक विद्यालयमा गएर बालबालिकाहरुलाई पनि सचेत गराउनु आवश्यक छ । बालबालिका र तिनका अभिभावकहरुलाई पनि सडक सुरक्षा र सडक सम्बन्धी नीति नियमका बारेमा बुझाउनु जरुरी छ ।

कसरी गर्ने सडक सुरक्षा ?

सडक सुरक्षाका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । सडक सुरक्षाका बारेमा विद्यालयहरुमा गएर बालबालिकाहरुलाई अवगत गराउन सकिन्छ भने अन्य विभिन्न अतिरिक्त क्रियाकलापहरुबाट पनि बालबालिकालाई सचेत गराउन सकिन्छ । हामीले नाटक, कविताका माध्यामबाट पनि सुरक्षा सुरक्षाबाट ज्ञान दिलाउन सक्छौं ।

(आयुषा रिभेरा इन्टरनेशलन एकेडेमीमा कक्षा १०मा अध्ययनरत छिन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment