Comments Add Comment

नायिकाहरु धेरै विदेशमा, केही विवाह गरेर चुपचाप

nepali-naika
नेपालमा अहिले रहेका नायिकाहरुलाई गन्ने हो भने औलामा अटाउन सक्ने छन् । यसको मुख्य कारण, भूकम्पपछि धेरै नायिका विभिन्न कार्यक्रमका लागि भन्दै विदेश हानिएका छन् । केही नायिका भने विवाह गरेर घरजम गरेपछि नेपालमा नायिकाको संख्या कम देखिएको छ ।

नायिका रेखा थापा अमेरिका पुगेको केही महिना भैसक्यो । हुनत, रेखाले अमेरिकामा नै व्यवसाय सुरु गरेका हल्लाहरु नचलेका पनि होइनन् । तर, पछिल्ला गतिविधी हेर्दा रेखा नेपालमा भन्दा अमेरिकामा नै धेरै बस्न थालेको देखिन्छ ।

नायिका नन्दिता केसी पनि केही दिन अगाडि अमेरिकामा आयोजना हुने कार्यक्रमका लागि त्यहाँ पुगेकी छिन् । उनी करिब ३ महिनापछि नेपाल फर्कने बताउँछिन् । नन्दितापछि अब केही दिनमै नायिका केकी अधिकारी पनि अमेरिका उड्दैछिन् । केकीलाई पनि २ महिना नेपाली चलचित्र क्षेत्रमा देखिने छैन ।

नायिका अशिष्मा नकर्मी अहिले यूरोपमा आयोजना भैरहेको भूकम्प पीडितको कार्यक्रमका लागि त्यहाँ छिन् । उनी अझै एक महिना यूरोपमा नै रहनेछिन् । नायिका निशा अधिकारी पनि अमेरिका पुगेकी छिन् । उनी नेपाल फर्कने या नर्फकने बिषय अझै अन्यौल छ । नायिका मलिना जोशी पनि केही समययता अमेरिकामा नै छिन् । नायिका अरुणिमा लम्साल पनि गि्रनकार्ड लिएर अमेरिका हानिएकी छिन् । बिहे गरेपछि चलचित्र क्षेत्रमा खासै नचम्किएकी उनी करिअर ओरालो लागेपछि विदेश यात्रालाई नै गन्तव्य बनाइन् ।

नायिका सुमिना घिमिरे बिबाहपछि गुमनाम जस्तै बनेकी छिन् । चलचित्र क्षेत्रबाट बिदा लिदै सुमिनाले बिहे गरिन् । नायिका हर्षिका श्रेष्ठले पनि केही समय अगाडि बिहे गरिन् । उनी पनि बिहे गरेर श्रीमानसँगै विदेशमा छिन् ।

चल्तीका नायिकाहरु विदेशमा रहनु र केहीले बिहे गरेर चलचित्र क्षेत्र छाडेपछि अहिले नायिकाको संख्या मात्र कम होइन अभाव नै देखिन थालेको छ । हुनत, यो क्षेत्रमा नयाँ नयाँ नायिकाहरु आएपनि उनीहरुले चलचित्रमा कुनै स्थान बनाउन सकेका छैनन् ।

यसैले पनि होला, निर्माताको रोजाइमा एउटै नायिका बारम्बार पर्ने गरेका छन् । धेरै नायिका त नेपाली चलचित्र क्षेत्र छाडेर विदेशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment