Comments Add Comment

फेसबुकको जागिर छाड्नुपर्नेका १० कारण

Facebook-in-working-environment-1

फेसबुक कम्पनीलाई प्रविधि उद्योगमा काम गर्नका लागि सबैभन्दा उत्तम ठाउँ मानिन्छ । नमानियोस् पनि कसरी ? फेसबुकमा काम गर्ने इन्टन्र्सले समेत २५ हजार डलर सम्म कमाउँछन्, जुन आम सहरी मानिसको औषत कमाइ भन्दा निकै बढि हो । कार्यालय समयमा निशुल्क पेय तथा खाना…. यस्तै यस्तै थुप्रै कर्मचारी मैत्री सेवा सुविधाका कारण फेसबुकका जागिरेहरुले फेसबुकको जागिरलाई नम्बर वान जागिर मान्दछन् ।

तर फेसबुकका सबै कर्मचारीहरुले फेसबुकमा रामराज्य नै छ भन्ने सोँच्छन् भन्नुभयो भने त्यो गलत हुनेछ । त्तगयचब वेबसाइटमा यहीँ विषयलाई लिएर भैरहेको बहसमा फेसबुकका इन्जिनियर, सफ्टवेयर डेभलपर्स तथा अन्य धेरै कर्मचारीहरुले आफ्नो आलोचनात्मक राय राखेका छन् ।

  • फेसबुकको कार्यवातावरणप्रति नकारात्मक टिप्पणी गर्नेमध्ये अधिकांस फेसबुकको जागिर छाडिसकेका पूर्व कर्मचारी हुन् । फेसबुकको जागिर छोड्नुका कारण अर्थात् फेसबुक किन काम गर्नका लागि उत्तम कम्पनी होइन ? भन्ने बारेमा उनीहरुले पेश गरेका केही तर्क यस्ता छन्-

    वर्षमा कम्तिमा ६ हप्ता सातौ दिन-चौबिसै घण्टा अनकल ड्युटी गर्नुपर्ने- फेसबुकका इन्जिनियर किथ एडम्सले यस बारेमा दुखेसो गर्दै भनेका छन्- ती हप्ताहरुमा म सहरभन्दा बाहिर जान पाउँदिन । मैले त्यस समयमा सधै एउटा फूल चाज्र्ड मोबाइल फोन साथमा राखिरहनु पर्छ, ता की कुनैपनि समयमा अफिसको कलको जवाफ दिनसकुँ । रातमा सुत्ने बेला समेत मोबाइल फोनको घण्टी खुल्लै राख्नुपर्ने हुन्छ ।

  • कार्यस्थलमा व्यवसायिकता छैन- एक फेसबुक इन्जिनियरका अनुसार धेरै कम्पनीहरुमा मानिसहरु आफ्नो व्यवसायिक व्यक्तित्व तथा निजी जिवनशैलीलाई अलग अलग राख्दछन् । तर फेसबुकमा भने त्यसको अभाव छ । तपाइँ निजि जिवनमा जस्तो हुनुहुन्छ, जागिरमा पनि त्यस्तै भए पुग्छ । कुनै देखावटी व्यवसायिकता आवश्यक छैन । यसको खराब असर भनेको फेसबुकका कर्मचारीहरु खासै व्यवसायिक छै्रनन् ।
  • गोपनियताको अभाव- यस्तो ठाउँ जहाँ अफिसमा काम गर्ने कर्मचारीहरुबीच एक अर्कामा केवल ६ इन्चको मात्र दूरी रहन्छ र गोपनियता भन्ने शुन्य रहन्छ । त्यस्तो ठाउँमा चैनले काम गर्ने बारेमा सोँच्न पनि सकिन्न ।
  • विदामै किन नहोस् काम गर्नैपर्छ- फेसबुक इण्डियाकी जागिरे सुनयना सेनका अनुसार फेसबुकका कर्मचारीहरु विदामा बसेको किन नहोस् उनीहरु फेसबुकमा लगातार जोडिएकै हुनुपर्छ । नचाहेर पनि कैयन् फेसबुक ग्रुपमा जोडिइरहनुपर्छ र टिम तथा प्रोजेक्टका नोटिफिकेसन प्राप्त गरिरहनुपर्छ ।
    एक दिनमा १६ सय भन्दा बढि इमेल-फेसबुकको जागिर छोडिसकेका केही कर्मचारीहरुको गुनासो यो छ की फेसबुकका कर्मचारीले एक दिनमै डेढ हजार भन्दा बढि इमेल चेक गर्नुपर्छ ।
  • इन्टर्नले समेत फैसला गर्छन्- फेसबुकका एक पूर्व कर्मचारी फिलिप सूका अनुसार कतिपय महत्वपूर्ण फैसला त्यहाँका इन्जिनियर्स तथा इन्टन्र्सहरुले लिन्छन् र त्यस्तो निर्णय आफ्नो हाकिमलाई बताउन पनि आवश्यक ठान्दैनन् । निर्णय प्रक्रियाको यस्तो थितिले गर्दा कर्मचारीहरुबीचमा आपसी सहयोगमा असर पुग्दछ तथा कम्पनीको समग्र लक्ष्य प्राप्तिमा समेत नकारात्मक प्रभाव पर्दछ ।
  • सधै नयाँजस्तो गर्ने- एक पूर्व कर्मचारीका अनुसार फेसबुक एक ठूलो तथा स्थापित कम्पनी हो तर उसले आफुलाई एक नयाँ स्टार्टअप जस्तो गरी प्रस्तुत गर्दछ । फेसबुकका हाकिम देखि लिएर यसका नितिहरु परिपक्व हुँदैनन् ।
  • व्यवस्थापनले समूह व्यवस्थापनमा ध्यान दिँदैन- फेसबुकका पूर्व कर्मचारीका अनुसार फेसबुकको मेक एन इम्प्याक्ट भन्ने मन्त्र कम्पनीको समग्र लक्ष्य प्राप्तिका लागि होइन व्यक्तिगत फाइदाका लागि सिमित छ । हरेक कर्मचारीहरु आफ्नो प्रभाव बढाउनमा मात्र लागेका हुन्छन् । म्यानेजर समेत केवल आफ्नो काममा मात्र सोच्दछ, समूह भावनाको अभाव छ ।
  • आफुमात्रै जानिटोपल्ने- फेसबुकका एक बेनामी कर्मचारीको गुनासो छ की कम्पनीका सस्थापक जुकरबर्ग तथा सिइओ शेरिलका एटिच्युड नै घमण्डी पाराको छ । उनीहरु आफुभन्दा जान्ने कोही छैन भन्ने ठान्छन् । उनीहरुको अधिकतम समय त अतिरिक्त क्रियाकलापमै बित्दछ ।
  • फेसबुकका एक कर्मचारीका अनुसार फेसबुक कम्पनीको आकार बढिरहेको छ । कर्मचारीको संख्या ४ हजार भन्दा बढि छ । तर कम्पनीले संगठन सुदृढिकरण तथा स्थायित्वमा ध्यान दिन सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment