….र तिमी रच्दै गयौ
प्रेमललिता !
मेरो प्रकृतिप्रेमको भष्मलीला !!
तर दिब्यललिता,
तिम्रो वात्सल्यको रौद्ररुपमा,
मैले कवियौवन पराकम्पीत गरेको छु !
किनकी,
तिम्रो प्रेमलीलाको कलाकारिता
मैले मेरै अर्थमा बुझिसके !!
मेरी प्रेमकला !
तिम्रो नूतन प्रेमको उपहार स्वरूप,
केहि लासहरुले जीवन त पाएका छन्,
तर कयौ जीवनहरु लास भएका छन् !
बालपराक्रमहरु बृद्ध भएका छन्,
बृद्ध चालहरु अकाल भएका छन् !
प्रेमातीत प्रीतहरु प्रताडित भएका छन्,
आस्थाका पर्खालहरु बर्लिनमा फेरी आकारिदैछन् !!
तिम्रा निष्कलंकित कलंकहरु,
मौनताले भरिएका छन्,
अग्निकुण्डका ज्वारहरु निथ्रुक्क भिजेका छन्,
उत्तरविहीन प्रश्नहरु मेरै प्रकृतिप्रेम भित्र साँघुरिदैछन् !!
तरपनि,
मेरी चैतान्याभा !
तिम्रो महाशक्तिको कम्पनले,
मेरो प्रेमाग्निको पराकम्पन्न कमजोर हुनेछैन !
तिम्रो मौनताको चित्कारले,
मेरो प्रेमाकृत संग्रामको अन्त्य हुनेछैन !
तिम्रो भूस्वामित्वको दरिद्रताले,
मेरो प्रेमानुरागको पराग शिथिल हुनेछैन !
तिम्रो प्रकृतिको अप्राकृतिक प्रसंगले,
मेरो प्रेमप्रसङ्ग प्रभावित हुने छैन !
तिम्रो अघोषित आतंकको निक्रिष्टताले,
मेरो प्रेमपुरुष बैराग्यबीज हुने छैन !
अनि तिम्रो चन्चल मादकताले,
मेरो प्रेमप्रसाद बिषाद हुने छैन !!
म फेरी
प्रेममय परमानन्दमा,
प्रिय प्रकृतिसंग,
प्रणयकुन्जमा प्रेमील प्रसङ्ग कोट्याउनेछु,
कालजयी प्रेमको नँया प्रेमकथा रच्नेछु,
अव्यक्त मौनताले
तिम्रो उन्मादसंग नौलो प्रेम प्रवाहित गर्नेछु !
अनि तिम्रो बिनासलीलाको नग्न कामुकतासंग,
प्रेमाग्निको राग साध्नेछु !
तिम्रो प्राकृत लज्जाको घुम्टीले,
मेरी प्रेमललिता !
म अमरप्रेमको कालजयी प्रेमलीला सजाउनेछु !
म अमरप्रेमको कालजयी प्रेमलीला सजाउनेछु !!
– बिकास चन्द्र भण्डारी